६० प्रतिशत सकियो सिद्धबाबा सुरुङमार्गकाे काम, भूइँ र भित्ता ढलान हुँदै
बुटवल
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । उनका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।
सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय १५१ मिटर, दोस्रो...








