एमालेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्ने, ज्ञवालीलाई उपाध्यक्ष


काठमाडौँ
नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।
आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।
यसैबीच पार्टीको संगठनमा पकड हुने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।
ओली पक्षबाट महासचिवमा पोखरेल दोहोरिएका छन् । ओली पक्षबाट प्रदीप ज्ञवालीले महासचिवमा दाबि गरेपनि ओली आफ्ना विश्वासपात्र मानिएका पोखरेलकै पक्षमा गएका छन् । यसअघि उपमहासचिव रहेका ज्ञवालीभने उपाध्यक्ष हुने भएका छन् ।

त्यस्तै ईश्वर पोखरेल पक्षले भने महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेको छ । अब पार्टीको हाइप्रोफाइल पद महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।

अहिले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फारम वितरण शुरु गरिसकेको छ भने उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...