Breaking news 2

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर भएका ८३४ वटा सवारी दुर्घटनामध्ये झण्डै ६९ प्रतिशत अर्थात् ५७४ दुर्घटना तीव्र गतिका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले जानकारी दिए । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने १ हजार ४७२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४७ पुरुष र ११ जना महिला छन् ।प्रहरी उपरीक्षक थापाका अनुसार भदौ महिनामा मात्रै लुम्बिनी प्रदेशमा ४१६ वटा दुर्घटना भएका छन् । दुर्घटना १९ पुरुष र ४ महिला गरी २३ जनाको मृत्यु भएको छ भने ७६२ जना घाइते भएका छन् । भदौमा सबैभन्दा धेरै तीव्र गतिका कारण २८७ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । तीव्र गति पछि चालकको असक्षमता तथा लापरबाहीका कारण दुर्घटना हुने गरेको छ ।...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। तीन दिनसम्म चल्ने बैठकको एजेन्डा तय हुन बाँकी छ। आईतवार एजेण्डा तयार गर्न बसेको बैठकमा अध्यक्ष केपी ओली र अन्य पदाधिकारी बिच कुरा नमिलेपछि केन्द्रिय कमिटी बैठकका एजेण्डा तयार गर्नका लागि अहिले बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ। एमालेमा लामो समयदेखि उठिरहेको पार्टी पुनर्गठनको मुद्दा अहिले पेचिलो बनेको छ। निर्वाचन समीक्ष तथा पार्टी पुनर्गठन कार्यदलले तल्लो कमिटीबाट ल्याएको सुझावमा बहुसंख्यक नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको मुद्दा उठाएका छन्। सोही सुझावसहितको प्रतिवेदन आइतबारको केन्द्रीय सचिवालयमा छलफल हुँदा ओलीले प्रतिवेदनलाई ुचिर्कटोु भन्दै बुझ्न अस्वीकार गरिदिएका थिए। बैठकमा उपमहासचिव योगेश भट्टराई र अध्यक्ष ओलीबीच चर्का...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र यसका संस्थापक विरमान लामाको योगदान बुटवल नगरकै उदाहरणीय र उल्लेखनीय रहेको वताएकी छन्।शनिबार आयोजित संस्थाको १३औं साधारण सभा तथा पांचौं अधिवेशन कार्यक्रममा वोल्दै अर्यालले नगरका खानेपानी संस्थाले नगरवासीहरुलाइ पानी उपलब्ध गराउने काममा उल्लेखनिय काम गरेको धारणा राखेकी थिइन्।उनले बुटवललाई प्रयाप्त र स्वच्छ खानेपानी उपलब्ध गराउन पुर्व अर्थमन्त्री विष्णु पौडेलको ठुलो योगदान रहेको र बर्तमान यसक्षेत्रका संसद शुलभ खरेलसंग पहल गर्न प्रस्ताव गरेको जानकारी गराइन्।संस्था र पुर्व जनप्रतिनिधि समेत रहेका अध्यक्ष लामाको योगदानको प्रसंसा गर्दै वगर र खयरघारी रहेको स्थानलाई वस्ति वस्न योग्य र आवस्यक पुर्वाधार निर्माण गर्न योगदान गरेको वताईन।उनले उक्त खानेपानी संस्थाका धेरै उपभोक्त...
एनपीएलको खेल तालिका सार्वजनिक

एनपीएलको खेल तालिका सार्वजनिक

Breaking news 2, खेलकुद, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते  मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।  लिग चरणका प्रतिस्पर्धा कातिक २९ गतेसम्म जारी रहनेछन् । त्यसपछि प्लेअफका खेलहरू हुनेछन् । निर्धारित तालिकाअनुसार मंसिर १ गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात् मंसिर २ गते एलिमिनेटर खेलाइनेछ । मंसिर ३ गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मंसिर ५ गते फाइनल खेल हुनेछ ।  प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, ज...
विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लागेको बताएका छन्।नेपाल विद्युतीय व्यवसायी महासंघको बुटवलमा आयोजित १७औं बार्षिक साधारण सभामा वोल्दै प्रदेश प्रमुख घर्तीले आफुले खासै जानकारी नपाएको विद्युतीय व्यवसायीको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले गरेको व्यवसायी प्रगति, राज्यलाई प्रदान गरेको राजस्व र प्रसस्त विद्युतको संभावना रहेको देश नेपालमा यसको भविष्य पनि राम्रो रहेको वताएका हुन् ।संघिय सरकारको वारेमा वोल्दै उनले सरकारसंग आसा रहेको तर विश्वास नरहेको धारणा राखेका छन्। त्यति ठुलो धनजनको क्षतीबाट वनेको करिब दुई तिहाईको सरकारबाट आसा राख्नु स्वाभाविक रहेको तर गतिविधि देख्दा विश्वास गर्न नसकेको दुःखेसो पोखे।अहिले देश बाढीबाट पिडामा परेको र देश तथा विदेशका नागरिकबाट ठुलो सहयोग जुटेको तर त्यो सहयोग सद...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो ।भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्ताव गरिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ । यस्तो छ,प्रस्तावित राजदूतहरूको विवरण१. डा. निश्चलना...
राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल राष्ट्र बैंकले २८ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी असोज ३० गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभ...
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ​त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुनका लागि योग्य विद्यार्थीहरूबाट अनलाइन आवेदन आह्वान गरेको छ । २०८२ असार १ देखि २०८३ जेठ ३१ सम्ममा स्नातक,स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीहरूले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।यस पटक त्रिविले विद्यार्थीहरूलाई सुगम हुने गरी बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फाराम भर्दा नै आफू सहभागी हुने केन्द्र छनोट गर्नुपर्नेछ भने एमफिल, पीएचडी तथा टपर र मेडल प्राप्त गर्नेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक–फरक शुल्क र धरौटी रकम ...
डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

डिजेल चोरी प्रकरणमा पम्प र चालकमाथि कडा कारबाही, चालकलाई आजीवन प्रतिबन्ध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलभारतबाट इन्धन भरेर नेपाल आयल निगमको भलवारीस्थित डिपोतर्फ आउँदै गरेका ट्याङ्करबाट डिजेल चोरी भएको घटनामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा छापा हानी तीन वटा ट्याङ्कर नियन्त्रणमा लिएको थियो ।उक्त घटनापछि निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख ई. शैलेन्द्र भुसालले दोषी पम्प, ट्याङ्कर तथा चालकहरूमाथि नियमानुसार कडा कारबाही थालिएको जानकारी दिएका छन् । भुषालका अनुसार अमलेखगञ्ज डिपोबाट डिजेल लोड भई चालकको जिम्मामा डिपोतर्फ पठाइएका ती ट्याङ्करहरूमा सेक्युरिटी मेकानिकल लकिङ सिस्टम (ताल्चा) लगाइएको हुन्छ । जसको एउटा मास्टर की अमलेखगञ्ज र अर्को भलवारी डिपोमा मात्र हुने गर्दछ ।कार्...
मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।हाल मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थान...