राष्ट्र बैंकले आज ३० अर्बको निक्षेप संकलन गर्दै



काठमाडौं
नेपाल राष्ट्र बैंकले २८ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी असोज ३० गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।

बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।

यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

छुटाउनुभयो कि ?

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

काठमाडौंरसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा ...