Breaking news 1

जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुनेमा जोड दिए। नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने उल्लेख गरे। ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्, देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस्,’ ओल...
भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंभारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् । उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत...
म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफूले ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्। ज्ञवालीको बौद्धिक र वैचारिक क्षमताप्रति सम्मान प्रकट गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन...
आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार (आज) बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । ...
हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौ गाईजात्रा पर्वको अवसरमा रिपोटर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यक लाकारहरु सन्तोष खनाल, सुयशाखनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए । हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । ‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाल...
रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ । भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । शाह एमालेका केन्द्रीय विभागका सदस्य हुनहुन्छ । उहाँ पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुनुहुन्छ ।यसअघि उम्मेदवारको आकांक्षीका चर...
अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा परमाणु रिएक्टर बनाउने भएको छ । यसअघि उसले चन्द्रमामा आधार र मानव बस्ती स्थापना गर्न सक्नेछ, जसमा केही घर बनाइनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले किन यस्तो गरिरहेको छ भन्ने प्रश्न उठ्छ । यो रिएक्टरले त्यहाँ के काम गर्छ ? अमेरिका जस्तै रुस र चीनले पनि यस्तै गरिरहेका छन् । चन्द्रमामा लामो समयसम्म बस्न र त्यहाँ अनुसन्धान आधार निर्माण गर्ने वा खनिज स्रोतहरूको उत्खनन जस्ता कामका लागि दिगो ऊर्जा स्रोत आवश्यक हुन्छ। चन्द्रमामा सौर्य ऊर्जा सीमित छ किनभने त्यहाँ १४ दिन रात र १४ दिन हुन्छ। जब १४ दिन रात हुन्छ, त्यहाँ ऊर्जाको ठूलो आवश्यकता पर्न जान्छ। यस्तो अवस्थामा त्यहाँ अविरल बिजुली उपलब्ध गराउन परमाणु ऊर्जा सबैभन्दा भरपर्दो विकल्प मानिन्छ । अमेरिकाको ‘आर्टेमिस प्लान’ अन्तर्गत सन् २०२६ सम्ममा फेरि चन्द्रमामा मानिस पठाउने लक्ष्य र...
आज देशभर जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज देशभर जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।  तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पु...
गण्डकीका प्रशासनिक संरचना खारेजीको तयारी, २ सय कर्मचारी कटौती हुने

गण्डकीका प्रशासनिक संरचना खारेजीको तयारी, २ सय कर्मचारी कटौती हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
पोखरा गण्डकी प्रदेश सरकारले संघीयता कार्यान्वयनमा आउनुभन्दा अगाडि र पछाडि पनि प्रादेशिक तथा जिल्ला जिल्लामा खुलेका संरचनाहरु खारेज गर्ने तयारी गरेको छ । संघीय व्यवस्थामा पनि प्रदेशमा आएका र सरकार आफैंले स्थापना गरेका संरचनाहरु खारेज गर्ने र कम्तिमा २ सय कर्मचारी कटौती हुने भएका हुन् । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनका आधारमा संरचना खारेज गने तथा कर्मचारी कटौती गर्ने तयारी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् । अबको मन्त्रिपरिषदको बैठकबाट प्रतिवेदन पारित गरेर कार्यान्वयनमा लैजाने प्रदेश सरकारको योजना छ । प्रतिवेदनका आधारमा खारेज हुने, व्यवस्थापन गर्नुपर्ने संरचना र जनशक्तिको विषयमा अन्तिम रुप दिन प्रमुख सचिव संयोजकत्वमा ५ सदस्यीय समितिलाई जिम्मेवारी दिइएको छ । संरचना खारेज हुने भएपछि ...
उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

उत्तराखण्ड बाढी : कम्तीमा १७ नेपाली बेपत्ता, जाजरकोटका १३ जना परेको आशंका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तीमा १७ नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका चार र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनलाई खोजीका लागि गुहारेका छन् । आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् । ‘थप तीन जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले सुनाए, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’ यस्तै जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जना बढी बेपत्ता भएको जनाएका छन् । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जना बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने...