Breaking news 1

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । मध्यपहाडी राजमार्ग अभियानमा डडेलधुरा पुगेका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग टेलिफोन वार्ता गरेलगत्तै शर्मा देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । शर्माले देउवासँग ‘समसामयिक राजनीतिक’ विषयमा कुरा भएको बताए । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ नयाँ गठबन्धनको केही चर्चा भएको हो ? भन्ने प्रश्नमा उनले भने, देउवाजीसँग समसामयिक राजनीतिक कुराकानी भएको हो । अरु त्यस्तो केही छैन ।’ गत आम निर्वाचनलगत्तै एमाले-माओवादी गठबन्धन सरकार बनेको दुई महिनापछि २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेको थियो । त्यो गठबन्धनका एक सुत्राधारमध्ये एक शर्मा थिए । कतिपयले उनको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा लिएका छन् । दुई नेताबीच भएको टेलिफोन संवादमा द...
प्रतिनिधि सभाको बैठक : अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक : अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

Breaking news 1, राजनीति, समाचार
काठमाडौं संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।  आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ । यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।    आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ । ...
भारततर्फको विद्युत समस्याले नेपालको सेवा आंशिक अवरुद्ध

भारततर्फको विद्युत समस्याले नेपालको सेवा आंशिक अवरुद्ध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं ढल्केबर मुजफरपुर प्रसारण लाइनमा समस्या आउदा काठमाडौं लगायत पुर्वी नेपालमा समस्या आएको छ । आज दिनभर नै काठमाडौं लगायतका ठाउँमा समस्या आएको हो । भारतबाट नेपालमा हाल बिजुली आयात भइ रहेको ४ केभी ढल्केबर मुजफरपुर लाइनमा भारत तर्फ आएको समस्याले गर्दा लाइन जाने आउने गरेको नेपाल विधुत प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रवक्ता राजभाइ सिल्पाकारले प्राधिकरणका सबैले मर्मतको काम गरिरहेको र अबको आदि घन्टामा समस्याको समाधान हुने बताए । एक ठाउको नभई काठमाडौ लगायत मध्य र पुर्बी नेपाल भरीनै यो समस्या हो। ...
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)– २०८० को बैठक बस्न लागेको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान सवा ८ बजे पूर्वाधार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगति तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्थलगत अनुगमन, अन्तरक्रियालगायत समितिको कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंह...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब : आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब : आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब ५१ अर्ब एक करोड गरी कुल रु १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसर...
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ । यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ । बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना क...
आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
अमेरिकी अदालतले अवैध आप्रवासीलाई डिपोर्ट गरेको सन्दर्भमा परेको रिटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा आदेश गरेको छ। १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर ट्रम्पले भेनेजुयली आप्रवासीहरूलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएपछि अदालतमा मुद्दा परेको थियो। देश युद्धमा रहेको बेलामा मात्रै उपयोगका लागि बनाइएको उक्त कानुन अहिले शान्ति भएको अवस्थामा लागु गर्न नमिल्ने भनेर देशका अधिकांश अदालतमा मुद्दा परेको थियो। पेन्सिलभेनिया राज्यको संघीय जिल्ला अदालतले मंगलबार राष्ट्रपतिलाई कानुन ब्युँताउने अधिकार हुने आदेश गरेको हो। मंगलबार न्यायाधीश स्टेफेनी हानिजले आपराधिक समूहलाई देशनिकाला गर्दा जुनसुकै कानुन ब्युँताउने अधिकार राष्ट्रपतिलाई हुने भनेर आदेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हानिजलाई पहिलो कार्यकाल राष्ट्रपति हुँदा ट्रम्पले नै न्यायाधीश नियुक्...
राष्ट्र बैंकको गभर्नर सिफारिसमा सर्वोच्चको कारण देखाउ आदेश

राष्ट्र बैंकको गभर्नर सिफारिसमा सर्वोच्चको कारण देखाउ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिससँग सम्बन्धित विवादले कानुनी रूप लिएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा समावेश गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ हुँदा, अधिकारीको नियुक्ति कानुनविपरीत भएको दाबी गर्दै दायर गरिएको रिटमा दुवै पक्षलाई ४ जेठमा छलफलका लागि उपस्थित हुन आदेश दिइएको हो। अधिवक्ता नवीन धितालले दायर गरेको रिटमा, अधिकारी राष्ट्र बैंकमा गभर्नरको पदमा अझै कार्यरत रहँदा, उनलाई पूर्वगभर्नरको हैसियतमा समितिमा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। उनले अधिकारीको नियुक्ति बदर गर्न र समितिबाट सिफारिस भएका नामहरूको वैधानिकता पनि शंकास्पद भएको भन्दै कामकारबाही रोक्न अन्तरिम आदेश माग गरेका थिए। तर अदालतले तत्काल अन्तरिम आदेश नदिई दुवै पक्षको भनाइपछि निर्णय गर्ने ब...
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्...
अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री

अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
लुम्बिनी प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताएका छन्  । 'गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ,' उनले भने, 'हाम्रो अनुरोधपछि भारत–पाकिस्तानको लडाइँ रोकियो ।' बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । अगाडि दर्शकले केही नसुन्ने ...