Breaking news 1

उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्याे । अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड गरेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए । गुल्शन कुमार झा ३...
संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो । यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अ...
बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?

बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले गर्दै आएको आन्दोलन आज सुस्ताएको छ । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएको जनआन्दोलन समितिले आज अरु कार्यक्रम सार्वजनिक गरेको छैन । यद्यपि नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिका एक नेताहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्तरिक छलफल भइरहेको बताएका छन् । ‘हामी कार्यक्रमकै बारे छलफलमा छौं,’ ती नेताले भने । आइतबार दिउँसोको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्शाल–भाटभटेनी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । लगत्तै राप्रपा अध्यक्ष लिङ्देनले ‘भोलिदेखि खास लडाइँ सुरु हुने’ बताएका थिए । तर अहिलेसम्म आन्दोलनको कार्यक्रमको रुपरेखाबारे अन्यौल छ । प्रहरीले दमन गरी नियन्त्रणमा लिएको भन्दै जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्द आह्वान गरेको थियो ।...
प्रधानमन्त्रीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास

प्रधानमन्त्रीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र : एक सडक” कार्यक्रम अन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गरेका छन्। शुक्रबार जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रममा उनले विद्युतीय माध्यमबाट सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्। यो योजना मधेस प्रदेश सरकारको एक प्रमुख गौरव परियोजना हो, जसअन्तर्गत प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तीमा एक सडक निर्माण गरिनेछ। कार्यक्रमको आयोजना प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो। प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मुलुकको समावेशी विकासमा भौतिक पूर्वाधारको भूमिका महत्वपूर्ण हुने बताए। उनले मधेस क्षेत्रको विकासका लागि संघीय सरकार गम्भीर रहेको समेत स्पष्ट पारे। ...
स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार

स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा पत्राचार गरिसकेको छ । सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सरकारी निकायहरूले स्वदेशी वस्तुको उपलब्धअनुसार प्रयोग थालिसकेको  जानकारी दिएका छन् । ‘स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न तीनवटै सरकारलाई परिपत्र पनि गरेका छौँ । पटक–पटक विभिन्न निकायलाई सरोकारवाला निजी क्षेत्रसँग पनि निर्देशिकाको बारेमा छलफल गरेका छौँ,’ उनले भने, ‘संघीय मन्त्रालयको खरिद प्रक्रियामा संलग्न व्यक्तिलाई राखेर कार्यक्रम पनि गर्‍यौँ । अहिले प्रयोग पनि गर्न थालिसकेका छन् ।’ नका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकार र जति पनि सार्वजनिक निका...
आयो नयाँ मूल्यसूची, कति पुग्यो पेट्रोल–डिजेलको भाउ?

आयो नयाँ मूल्यसूची, कति पुग्यो पेट्रोल–डिजेलको भाउ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको छ। नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल/ मट्टीतेलमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा तीन रूपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ अमेरिकी डलर घटेको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० प...
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री 

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहित सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल अवस्थामा पनि औसत र यथास्थितिवादी बजेट आउँदा त्यसले अर्थतन्त्र सुधारमा कति भूमिका खेल्न सक्छ ? भन्नेबारे प्रश्न उब्जिएका छन् । यसै सन्दर्भमा योजना छनौट, विनियोजन, कार्यान्वयन र नतिजा प्राप्तिलगायतका बजेट चक्रमा सरकारले कसरी काम गरिरहेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गरिएको कुराकानी ।आगामी आर्थिक वर्षको बजेटले समातेको लय, यसको केन्द्र तथा प्राथमिकतामा र भएका सुधारका पक्ष के हुन् ?स्रोत र खर्च व्यवस्थापनका दृष्टिले यथार्थपरक र अनुशासित बजेट आएको छ । खर्च व्यवस्थापनमा हामीले स्रोतको अधिक सदुपयोग हुने कुरालाई...
१८ वर्षअघि यसरी पुगेथ्यौं गणतन्त्रमा

१८ वर्षअघि यसरी पुगेथ्यौं गणतन्त्रमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
वंशानुगत श्रेष्ठताको मान्यता आफैमा एउटा सामन्ती र मध्ययुगीन मान्यता हो । त्यसमाथि, निश्चित वंशमा जन्मेकै कारणले मात्र, बिना कुनै जनअनुमोदन र बिना कुनै सम्परीक्षण अमुक व्यक्ति शासक हुने हक राख्छ र त्यस देशका जनताले उसबाट शासित हुन तयार हुनुपर्छ भन्ने सोच आफैमा असान्दर्भिक, अलोकतान्त्रिक र अनुचित सोच हो । यस्तो सामन्ती प्रणालीका विरुद्ध १७८९ मा फ्रान्सेली गणतन्त्रवादीहरुले पहिलो चोटी व्यवस्थित र योजनाबद्ध क्रान्ति अगाडि बढाएका थिए । उनीहरुले ‘स्वतन्त्रता, समानता र भाइचारा’ को नवीन मान्यता प्रस्तुत गरेका थिए । सामन्ती राजाहरुका विरुद्ध त्यसभन्दा अगाडि पनि आन्दोलन भएका थिए, तर फ्रान्सेली क्रान्तिले स्थापना गरेका मूल्यहरु कालान्तरमा लोकतन्त्रका मानक बन्न पुगे । त्यसकै प्रेरणाबाट गणतन्त्रको विश्वव्यापी लहर अगाडि बढ्यो र आज संसारका अधिकांश देशहरुले गणतान्त्रिक शासन पद्धति अवलम्बन गरेका...
प्रक्रियामै सामेल नहुने पीडितको चेतावनीबिच कसरी गर्दैछ सत्य निरुपण र बेपत्ता आयोगले काम ?

प्रक्रियामै सामेल नहुने पीडितको चेतावनीबिच कसरी गर्दैछ सत्य निरुपण र बेपत्ता आयोगले काम ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन सम्बन्धी घटना छानबिन गरी सत्य उदघाटन गर्न, पीडितलाई परिपूरण प्रदान गर्न र न्याय स्थापित गर्न कार्यादेश पाएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पूर्णता पाएसँगै म्याण्डेटअनुसार काम गर्न थालेका छन् । सर्वोच्च अदालतको आदेश, पीडितहरूको संगठनका माग तथा अन्तर्राष्ट्रिय समुदायको चासोलाई समेत सम्बोधन गर्दै २०८१ भदौमा ऐन संशोधन भएपछि यी आयोग गठन भएका हुन् । नयाँ आयोग गठनको प्रक्रियाप्रति एकथरि पीडित र केही मानवअधिकार संस्थाले असहमति जनाएका छन् भने अर्काथरि संगठनहरूले ‘पर्ख र हेर’को रणनीति अनुसार दुई आयोगले गर्ने कामको आधारमा समर्थन वा विरोध जनाउने बताउँदै आएका छन् । यही विवादकै बिच सत्य निरूपण तथा मेलमिलाप आयोगले तीन महिनाको अवधि दिएर नयाँ उजुरी सङ्कलनक...
संघीय संसदका चारवटा समितिको बैठक बस्दै, यी हुन छलफलका विषय

संघीय संसदका चारवटा समितिको बैठक बस्दै, यी हुन छलफलका विषय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ । दिउँसो १ः०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ माथि दफावार छलफल हुँदैछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। संसदीय सुनुवाइ समितिको बैठकमा अनुगमन कार्यक...