पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ
पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष बिदाइ गरेका छन्।बुधबार पोखराबाट फ्लाई दुबई मार्फत दुबईका लागि उडान भर्ने यात्रुहरूलाई खादा ओढाएर शुभकामना दिँदै प्रमुख आचार्यले यो उडान पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताए। लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन र आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण कदम मानिएको छ।विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबई ले आजदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित व्यावसायिक उडान सञ्चालन सुरु गरेको हो। कम्पनीका अनुसार दुबईबाट उड्ने विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ।
पहिलो अन्तर्राष्ट्रिय उडानम...








