आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै व्यापक चर्चा


काठमाण्डौ – यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । 

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । 

यस्तै आजै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको  न्यून चापीय प्रणाली अब केही दिनमा चक्रवाति आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ । 

सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्नब हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिने उल्लेख गर्नुभएको छ । ती तीन दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्नेबारे अझै प्रस्टसँग निर्क्योल हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ । 

मौसमविद्हरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो । यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण स्पष्ट भई नसकेको जनाएको छ । 

महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ । यद्यपि, असोज ६ गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरु भई हप्ताको अन्त्यतिर कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ । 

मौसमविद्हरूका अनुसार यो प्रणालीका कारण पहाड र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाण्डौ उपत्यकामा वर्षाको सम्भावना बढी छ । प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।   

छुटाउनुभयो कि ?

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...
आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै व्यापक चर्चा

आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै व्यापक चर्चा

काठमाण्डौ - यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भ...
एनपीएलको खेल तालिका सार्वजनिक

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदे...
विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...