Breaking news 1

द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँतेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ।इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए। धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र ...
देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कति योगदान पुर्‍याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने जानकारी दिए । “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतालमा पठाउँछौँ ।” उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ । कार्यालयले प्रत्येक १०/१० वर्षमा नि...
नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको तैयारी

नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको तैयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँनेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो । ‘विदेश मन्त्रालयले नो अब्जेक्सन लेटर जारी गरेपछि सीमा व्यापार पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढेको छ,’ पीटीआईको समाचारमा भनिएको छ, ‘विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द बर्द्धनलाई पत्र लेखेर लिपुलेक पासबाट व्यापार पुनःस्थापित गर्न भनेका छन् ।’ समाचारमा पिथौरागढका जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष भटगाईंलाई उद्धृत गर्दै केन्द्रको निर्देशनपछि व्यापारको तयारी सुरु भएको भनिएको छ । लिपुलेक पास हुँदै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म व्यापार सञ्चालन हुने सिजन मानिन्छ ।नेपालल...
जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

जनचाहना अनुसार रूपान्तरणको बाटो नलिए सकिने निश्चित छ: सुरेन्द्र पाण्डे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे । ‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुट...
मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंएक महिने रमजान पर्व समापन भएको अवसरमा आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउदै छन् । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ ।उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।रमजान फागुन ७ गते विहिबारबाट सुरु भएको थियो । त्यसैले आज चैत्र ७ गते शनिबार इद उल फित्र मनाइँदैछ । इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्छन् । इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो। मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरु भएको थियो। यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए । यो जितक...
लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ११६औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ।सोही अवसरमा अस्पतालले एम आर आई सेवाको शुभारम्भ गरेको छ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल र यस क्षेत्रका सेवाग्राहीलाई खड्कीरहेको एम आर आई सेवाको शुरुवातले थप प्रोत्साहन मिलेको वताए।उनले अस्पताललाई योगदान गरेका पुर्वजको सम्मान संगै वर्तमानमा प्रभावकारी गराउंदै थप व्यवस्थित बनाउन लागेको जानकारी दिए।आचार्यले देशकै नमुना योग्य अस्पताल रहेकोमा खुसी लागेको वताउदै अस्पतालको श्रीबृद्धिमा प्रदेश सरकारले पहल कदमी लिएको र अझ वढि लिने आश्वासन दिए।अस्पताल एम आर आई सेवाले थप प्रभावकारी वन्ने र अन्य सेवाहरू प्रभावकारी वनाउन पहल कदमी लिईरहेको वताए।आफु सरकारमा रहेको समयमा शिल्यान्यास गर्न पाएकोमा अझ वढि जिम्मेवार भएको अनुभुति रहेको र प्रदेश सरकारले कुनै कसुर वांकी नराख्ने प्रति...
उडान अवरुद्ध हुँदा विदेशमै रोकिए २२ श्रमिकको शव,पर्खाइमा परिवार

उडान अवरुद्ध हुँदा विदेशमै रोकिए २२ श्रमिकको शव,पर्खाइमा परिवार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंखाडीमा जारी युद्धका कारण विभिन्न मुलुकका विमानस्थलहरू सञ्चालन हुन सकिरहेका छैनन्, सबै प्रक्रिया पूरा गरी दूतावासबाट ‘एनओसी’ पाएका नेपाली श्रमिकका शवहरू ७ कुवेतमा, ७ साउदीमा र ८ यूएईमा अलपत्र छन्। पश्चिम एसियामा जारी युद्धका कारण साउदी, कुवेत र यूएईमा २२ जना नेपाली श्रमिकका शव विमानस्थलमा रोकिएका छन्।उडान अवरुद्ध हुँदा परिवारजनले शव पर्खनु परेको छ भने दूतावास र रोजगारदाता कम्पनीले कागजात प्रक्रिया पूरा गरे पनि शव पठाउन समस्या भएको छ। शव पठाउने जिम्मेवारी रोजगारदाताकै भए पनि सीमित उडान, उच्च शुल्क र कानुनी जटिलताले समस्या थपिएको छ। ...
आज चैते दशैको घटस्थापना

आज चैते दशैको घटस्थापना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ । चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ । ...
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूले पुनः श्रम स्वीकृति खुलाउन माग गरेपछि नयाँ निर्णय गरिएको हो । परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मंगलबार उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन् । निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएर ...
अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

अपराध अभियोग लागेका करिब १३ हजार व्यक्ति अध्यागमनको कालोसूचीमा

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको अध्यागमन प्रशासनले विभिन्न अपराध अभियोग लागेका करिब १३ हजार व्यक्तिलाई कालोसूचीमा समेटेको छ । नेपालमा अपराध गरेर विदेश भागेका, विदेशमा अपराध गरेर नेपाल छिरेका र विभिन्न अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकालाई अध्यागमनको कालोसूचीमा समेटिएको हो । सूचीमा पर्नेहरूमा करिब ८ हजार नेपाली र झन्डै ५ हजार विदेशी नागरिक छन् । ती व्यक्तिहरू अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकाका अध्यागमन ‘चेकप्वाइन्ट’बाट वारपार गर्न पाउँदैनन् । यस्तै, २४ भदौमा भएको प्रदर्शनमा कारागार तथा बन्दीगृह र प्रहरी हिरासत कक्ष फोडेर भागेका ६ सय १२ कैदीबन्दी पनि यो सूचीमा समेटिएका छन् । जेलबाट भागेकामध्ये करिब ५ सय भारतीय र तेस्रो देशका १ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छैनन् । उनीहरू हवाई माध्यमबाट तेस्रो देश भाग्न सक्ने सम्भावना देखिएपछि गत असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा र ...