Breaking news 1

प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

प्रकृतिको परिवारसँग प्रधानमन्त्री ओलीले गरे टेलिफोन सम्वाद

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल भारतको उडिसा राज्यस्थित मृत भेटिएकी प्रकृति लम्सालको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलिफोन सम्वाद गरेका छन् । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारबाहीका लागि आफूले कुटनीतिक पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ भैरहवामा बस्ने प्रकृतिका बुवा–आमासँग फोन सम्पर्कमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दोषिलाई कारबाहीको दायरामा ल्याउन कुटनीतिक पहल भइरहेको र भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीको सुरक्षाका लागि पहल गरिरहेको जानकारी गराए । ‘सबै निपाली विद्यार्थी हाम्रै छोराछोरी हुन, सबैको सुरक्षाको लागि म सचेत छु, हामि पहल गरिरहेका छौं ।’–प्रधानमन्त्री ओलीले भने । प्रकृतिको परिवारलाई परेको पीडामा राज्य साथमा रहेको बताउँदै उनले दुःख व्यक्त गरे ।  ...
अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य

अख्तियार विधेयकको ऐनामा कानुन निर्माणको परिदृश्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक दुई महिनादेखि रोकिएको छ । विवादित विषयमा सहमति जुटाउन गठित हृदयराम थानी नेतृत्वको उपसमितिले सर्वसम्मतिको प्रतिवेदन समितिमा बुझाएको भए पनि सभापति रामहरि खतिवडाले सन्देहास्पद भूमिका निर्वाह गरिरहेका छन् । उनले सभापतिका रूपमा विधेयकलाई थप प्रक्रियामा नलैजानुको औचित्य स्थापित गर्न पनि सकेका छैनन् । जबकि, उनी नेतृत्वको समितिले यही विधेयकसँगै अघि बढेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन भने प्रतिनिधिसभामा पेस गरिसकेको छ । अख्तियार विधेयक समितिको कमजोर निर्णय क्षमता, विधेयकहरू वर्षौंसम्म संसदीय प्रक्रियामा अल्झिने प्रवृत्ति, कानुन निर्माणमा संसद्को सार्वभौम भूमिका र सरकारको हस्तक्षेपकारी चासो प्रतिबिम्बित गर्ने उदाहरण बनेको छ । यो विधेयकको आलोकमा कानुन निर्माणमा संस...
राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिएको हो ।  संयुक्त राष्ट्रसंघले आतंकवादी क्रियाकलाप, गैरकानुनी गतिविधिलगायतमा संलग्न व्यक्तिलाई विश्वव्यापी रूपमै प्रतिबन्ध लगाउने र त्यस्ता व्यक्ति वा संस्थाको सूची नियमित रूपमा प्रकाशन गर्छ । उक्त सूची हरेक देशको गृह मन्त्रालयले पनि नियमित रूपमा अद्यावधिक र प्रकाशन गर्दै आएको छ । बोर्डले त्यही सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न तथा सम्भावित त्य...
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद: उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई आयोगको पत्र

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद: उद्योगमा बिजुली नकाट्न प्राधिकरणलाई आयोगको पत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई उद्योगमा बिजुली नकाट्न निर्देशन दिएको छ । उद्योगीले बक्यौता नबुझाएको भन्दै बिजुली काट्न सहमतिका लागि प्राधिकरणले गत माघ २८ मा आयोगलाई पत्र पठाएको थियो । विद्युत् लाइन काट्नेबाहेक वैकल्पिक कारबाही गर्न निर्देश गर्दै आयोगले प्राधिकरणलाई फेरि पत्र पठाएको हो । उद्योगको लाइन काट्दा यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर पर्ने, उद्योग बन्द भए रोजगारी तथा उत्पादनसमेत प्रभावित भई देश र समाजलाई क्षति हुन जाने आयोगको पत्रमा उल्लेख छ । भनिएको छ, ‘मासिक विद्युत् महसुल नियमित रूपमा भुक्तानी गरिरहेका उपभोक्ताको हकमा लाइन काट्नेबाहेक अन्य उपयुक्त र कानुनसम्मत वैकल्पिक कारबाही गर्न सकिनेछ ।’ त्यस्तो कारबाही परिणाममुखी हुने–नहुने, कार्यान्वयन हुने–नहुने, अन्य सरोकारवाला निकायको मूल्य, मान्यता र सरोकारसँग तादात...
बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

Breaking news 1, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ। उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । ज...
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा

Breaking news 1, ताजा अपडेट, समाचार, समाज
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो । महासभापछि आयोजित पत्रकार सम्मेलनमा एफएटीएफकी अध्यक्ष एलिसा डे अन्डा मद्राजोले नेपाल आगामी दुई वर्षसम्म ‘ग्रे लिस्ट’ मा रहने घोषणा गरेकी छन् । ‘यस पूर्णसत्रमा जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओस र नेपाललाई बढी निगरानीमा पर्ने क्षेत्राधिकारको सूचीमा थपिएको छ,’ उनले भनिन्, ‘बढी निगरानीमा परेका राष्ट्रले तोकिएको समयमा सुधार गर्न प्रतिबद्धतासहित कार्ययोजना बनाउनुपर्छ । उनीहरूको कार्यप्रगतिअनुसार निगरानी कति समय रहने भन्ने टुंगो हुनेछ...
शुक्रबार रातिदेखि ताप्लेजुङमा यातायात बन्दको घोषणा

शुक्रबार रातिदेखि ताप्लेजुङमा यातायात बन्दको घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
ताप्लेजुङ ताप्लेजुङको पाथीभरामा निर्माण गर्न खोजिएको केवलकारको बिषयलाई लिएर बिहीबार ‘नो केवलकार’ र प्रहरीबीच झडप हुँदा गाडी चालक घाइते भएको बिरोधमा यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते शुक्रबार राति १२ बजेदेखि यातायात बन्द गर्ने बताएका हुन्।  उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।बिहीबार आन्दोलनकारी र प्रहरीको झडप हुँदा ११ प्रहरी, एकजना आन्दोलनकारी र एकजना गाडी चालक घाइते भएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले ...
नेपालको १५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा

नेपालको १५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ७ महिनाभन्दा ६.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँगै छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ र चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड घाटा छ । छिमेकी मुलुकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकसँग पनि व्यापार घाटा नै छ । तथ्यांकअनुसार १ सय ५९ मुलुकसँग नेपालको द्विपक्षीय व्यापार हुन्छ । तीमध्ये ३५ मुलुकसँग व्यापार नाफा र १ सय २४ मुलु...
पाथीभरा केबलकार विवाद : पक्ष र विपक्षमा प्रदर्शन

पाथीभरा केबलकार विवाद : पक्ष र विपक्षमा प्रदर्शन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनु नहुने (नो केबलकार) पक्ष र सरकारबिचको वार्ताले ठोस निष्कर्ष निस्कन सकेको छैन । दुई पटक भएको छलफलपछि केही शान्त देखिएको पाथीभरा क्षेत्रमा पुनः पक्ष र विपक्षमा र्‍याली तथा प्रदर्शन सुरु भएका छन् । वार्ता र सहमति नगरी केबलकार निर्माण कम्पनीले आफ्नो काम अगाडि बढाएपछि गत माघ १२ गते नो केबरकार समूहले काम रोक्ने प्रयास गरेको थियो । त्यस क्रममा १९ जना प्रहरी र ६ जना नो केबलकार समूहका घाइते भएका थिए । बलुडाँडामा उक्त दिन साँझ प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । आन्दोलन उग्र बन्दै जाँदा गत माघ २० गते सरकारले सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । त्यसको भोलिपल्ट नो केबलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । दुवै वार्ता टोलीबिच माघ २२ गते वार्ता भयो । सो वार्ताबाट माघ २७ गते नि...
जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, समाज
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताएका हुन् । 'मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ,' राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।' राष्ट्रपति पौडेलले नेपा...