फिचर

खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवलको दीपनगर शिवालय टोलमा बस्दै आएका ६९ वर्षीय रामप्रसाद उपाध्यायका दुबै खुट्टाले काम गर्दैनन् ।५ जनाको परिवार रहेका उनले आफै आम्दानी जुटाएर सम्पूर्ण परिवारको पालनपोषण गर्दै आएका छन् । जन्मजात दुई खुट्टाकाे सहारा विहिन उपाध्यायले बैसाकिकाे सहाराले सामान्य हिडडुल गर्ने गर्छन् । उनले पुजापाठ र जनै बनाउने र बिक्री गर्ने गरी आम्दानीको स्रोत जुटाएर परिवार मात्र पालेका छैनन् एक छोरीलाई युरोपमा अध्ययनको लागि पठाएका पनि छन् । घरमा श्रीमती ,दुई छोरा र एक छोरी गरी पाँच जनाको परिवार रहेका उनी २०३५ सालमा पाल्पाको रैनादेवी छहराबाट बुटवल आएका हुन्। पाल्पाबाट खाली हात आएका उपाध्याय बुटवल आएर बुटबलको दीपनगर शिवालय मन्दिरमा पुजारी बने। केही समय पछाडि सोही मन्दिर नजिक शिवालयपथ सिद्धेश्वरी मैदानको किनारमा थोरै जग्गामा बसोबास गर्न थाले। तथापि उनीसँगै बुटवल दिपनगरका अन्य बस्तीहरूले ...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...
व्यवस्थित शहर निर्माण आवश्यक

व्यवस्थित शहर निर्माण आवश्यक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली सुविधाका हिसाबले शहर बजार केन्द्रित बसाइ बढ्दो छ। हुन त अहिले सडक, पानी ,विद्युत ,विद्यालय ,स्वास्थ्य केन्द्र ,सामान्य रोजगार गाउँ गाउँमा पुगेको छ। हरेक क्षेत्रमा संभावनाका कृषि ,पर्यटन ,औद्योगिक ग्राम, पशुपालन जस्ता कुराहरुलाई पनि प्राथमिकता राखी क्रमश: अगाडि बढेको अवस्था छ। मानिसहरू सुविधा सम्पन्न शहर बजारमा बस्न रुचाउनु स्वभाविक हो। शहर बजार केन्द्रित बसाई बढ्दै जाँदा यसलाई शुव्यवस्थित बनाउनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। शहर बजारको संरचना निर्माण गर्ने क्रममा सडक ,खानेपानी ,ढल निकास ,सहज सार्वजनिक यातायात ,बस्तीहरू ,व्यावसायिक भवनहरू ,पार्किङ स्थलहरू ,सार्वजनिक स्थलहरू जहाँ कार्यक्रमहरू ,खेलकुदहरु ,व्यायाम गर्ने स्थलहरू ,विभिन्न पिकनिक स्पाेर्ट लागि पर्याप्त स्थान हुनु आवश्यक छ। दीर्घकालीन योजनाअनुरूप गर्ने हो भने खेतीयोग्य ,अन्य सम्भावनाहरू रहेको स्थानहर...
भियतनामबाट १ सय ८० बौद्धमार्गी  चार्टर विमानमार्फत लुम्बिनी आउँदै

भियतनामबाट १ सय ८० बौद्धमार्गी चार्टर विमानमार्फत लुम्बिनी आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, समाचार, समाज
काठमाडौँ भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनीकाे भ्रमणमा आउने भएका छन् । उनिहरू वैशाख ५ गते भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन्वै भने बैशाख ६ गते लुम्बिनीबाट सडक मार्गबाट भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका रहेकाे छ । भियतनामका बौद्ध धर्मावलम्बीहरूले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । भियतनामीहरूकाे प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनी रहकाे छ ।  ...
दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ

दुवै खुट्टा नचल्ने मुकेश भन्छन् : आफूले सक्दो मेहनत गरेर खानुपर्छ

Breaking news 2, जीवनशैली, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
बुटवल रुपन्देहीको बुटवल अस्पताल लाइन लुम्बिनी प्रादेशिक अस्पतालको अगाडि प्रमुख सडकको छेउमा तीन पाङ्ग्रे साइकिलमा पानी ,रेडिमेड जुस, कुर्कुरे ,चकलेट, माक्स् जस्ता सामग्री बिक्री गरी रहेका एकजना युवा देखिए । जन्मेको ६ महिनादेखि नै पोलियोका कारण दुवै खुट्टाले काम नगरेका कारण उनी तीनपाङ्ग्रे साइकिलमा हिँड्दा रहेछन्। दुवै खुट्टाले काम नगर्ने हुनाले हातले साइकिल हिडाएर आवतजावत गर्दा रहेछन्। दुवै खुट्टा नचल्ने तर आफू सक्दो मेहनत गरेर खानुपर्छ भन्ने सोचका भारतको उत्तर प्रदेशका नागरिक मुकेश कुमार पण्डित अहिले ३२ वर्षका रहेछन्। भारतबाट आफ्नो साथीलाई भेट्न बुटवल आएका उनी ६ वर्षदेखि बुटवलमा यसरी सक्दो मेहनत गरी जीविका चलाइरहेका रहेछन्। घरमा ६ जनाको परिवार रहेका उनी आफ्नो जीविको पार्जनका लागि यसरी मेहनत गरेर दिनको ५सय देखि १हजार सम्म बचत गरी जीविको चलाइरहेका रहेछन्। अविवाहित मुकेश बुटव...
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार, समाज
रुपन्देही २०७२ मा घोषणा भएको रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्रमा रहेको आठ सय १३ बिघा जमिनको सीमांकन बल्ल सुरु भएको छ । ०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्रको निर्माण सुरु भएर कहिले टुंगिने भन्ने अझै यकिन छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तको नेतृत्वमा यसै साताबाट जग्गाको यकिन गर्न सीमांकनको काम सुरु भएको छ । चैतभित्रै सीमांकनको काम सकेर प्रतिवेदन दिने योजना रहेको उनले बताए । ‘मोतीपुर औद्योगिक क्षेत्रसँग रहेको जग्गाको क्षेत्रफल यकिन गरेर चैतभित्रै प्रतिवेदन दिन सकियो भने आगामी आर्थिक वर्ष ०८२/८३ मै बजेट राख्न सजिलो हुन्छ,’ उनले भने, ‘त्यसैले स्थानीयवासी र जनप्रतिनिधिको संलग्नतामा सीमांकनको कामलाई तीव्रता दिइरहेका छौँ ।’ तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको तिनाउ नदीको पश्चिमतर्फसम्म पर्ने आठ सय १३ बिघा जग्गा १४ असार ०७३ मै औद्योगिक क्षेत्रको स्व...
नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

Breaking news 2, ताजा अपडेट, फिचर, विविध, समाचार, सम्पादकिय, स्थानीय
नारायण प्रभात मरासिनी बुटवल, १६ फागुन – जब कुनै व्यक्तिले आफ्नो हात गुमाउँछ, भविष्यको कल्पना कसरी गर्ला? जब कुनै व्यक्ति समाजबाट अलग महसुस गर्छ, उसले सहारा कहाँ खोज्ला? बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम यस्तै प्रश्नहरूको उत्तर बन्ने प्रयास गरिरहेको छ । तर, विडम्बना के छ भने, अभिभावकविहीनहरूको यो आश्रयस्थल आफैं संकटको भूमरीमा फस्दैछ। संघर्षबाट प्रेरणा : डोल बहादुर रामदानको कथाले दिएको सन्देस तनहुँका डोल बहादुर रामदानको कथा प्रेरणादायी मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूका लागि एउटा मार्गनिर्देशक पनि हो। जीवनका हरेक मोडमा संघर्षको सामना गरेका उनले भारतको एउटा कारखानामा मजदुरी गर्दा दुबै हात गुमाए। त्यो दुर्घटनाले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, उनको सोचलाई पनि परिवर्तन गरिदियो। "म जस्तै अन्य अपाङ्गहरू समाजमा कसरी संघर्ष गरिरहेका होलान्?" – यही प्रश्नले उनलाई झकझक्यायो। ...
नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय, स्थानीय
श्रीराम ज्ञवाली ,बुटवल नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार । बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम...
संकटमा रैथाने पेशा-व्यवसाय

संकटमा रैथाने पेशा-व्यवसाय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली ,बुटवल रूपन्देहीको बुटवल राजमार्ग चौराह बस बिसाैने नजिकै राजमार्गको छेउमा ढुंगा कुंदिरहेका एकजना कालीगढ देखिए। उमेरले ६० वर्षका उनी ढुङ्गा कुंदेर सिलौटा ,जांतो ,ओखल जस्ता उपभोग्य सामग्री बनाउँदै थिए। आफ्नो नाम राजेन्द्र प्रसाद पत्थरकट्टा बताउने हुने तराईबासी रहेछन् । हाल उनी पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा राजेन्द्र सिलौटाे सेन्टर नामक पसल राखी उक्त पेशा गर्दा रहे रहेछन्। उक्त स्थानमा व्यवसाय राम्रोसँग नचलेका कारण बिक्री हुन्छ भन्ने मनसायले बुटवलको राजमार्गमा बसेर बिक्री गर्दै रहेछन् । हतौडा र फलामको किला लिएर ढुङ्गा कुद्दै गरेका उनीसामाग्री तयार गर्ने र बिक्री पनि गर्ने उद्देश्यले बसेका रहेछन् । आफू ,श्रीमती ,छोरा -बुहारीहरु र नातिनातिनाको १० जनाको परिवार रहेका उनी आफ्ना पुर्खाहरुले गर्दै आएको उक्त पेशा व्यवसाय जान्ने बुझ्ने भएदेखि उनी सिकेको हुनाले र परिवा...
महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

महकाे महत्व: मौरीपालक व्यवसाय प्रवर्धनमा सरकारको सहयोग

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल स्वास्थ्यका हिसाबले महलाई राम्रो मानिन्छ। त्यसैले क्रमश मौरीपालक बढ्दै गएका छन्। मह उत्पादन पनि बढ्दै गएको छ। लुम्बिनी प्रदेशमा पनि महको उत्पादन बढेको छ। तथापि मूल्य, गुणस्तर ,अस्वस्थ प्रतिस्पर्धा ,महको महत्वको बारेमा जानकारीको कमीजस्ता कारण अर्गानिक मह बिक्री हुन सकेको छैन। अहिले मह अन्य देशमा निर्यात नभएको साथै उत्पादक बढ्दै गएको र महको महत्वको बारेमा जानकारी कम भएका कारणले अर्गानिक मह उत्पादन अनुसार बिक्री हुन नसकेको हो। नेपालको हावापानी अनुसार ५ प्रजातिका मौरी पालन गर्न सकिन्छ। विशेषगरी लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा पहाडी जिल्लाहरुमा पुरानो प्रविधिबाट पालन गरिने सेराना जातको मौरी पालन गरिएको छ भने तराई लगायतका जिल्लाहरूमा मेलिफेरा प्रजातिको मौरी पालन गरिएको छ। मेलिफेरालाई उन्नत जातको मौरी मानिन्छ।लुम्बिनी प्रदेशमा मुख्यत यी २ जाति मौरीको पालन...