बिज्ञान प्रबिधि

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए । अस्पतालमा ‘स्वचालित ल्याव रिपोर्ट डिस्प्याच’को समेत मन्त्री सारुले शुभारम्भ गरे । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ भने स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने छन् । अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रमम...
लगातार सेयर बजार उकालो, नेप्से २७०६ मा कायम

लगातार सेयर बजार उकालो, नेप्से २७०६ मा कायम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौं साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि पनि सकारात्मक संकेत देखिएको छ। लगातार छैटौं दिन बजारमा वृद्धि देखिँदै गर्दा आज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६ विन्दुमा पुगेको हो। हालको बजार वृद्धि सानोतिनो अंकमा भए पनि स्थिर उकालो यात्राले लगानीकर्तामा भरोसा बढाएको देखिन्छ। तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। शनिबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आइतबार यो रकम घटेर ९ अर्ब ५० करोडमा झरेको छ। आजको दिन ‘अन्य समूह’ सबैभन्दा बढी ३.०६ प्रतिशतले उकालो लाग्यो। यो वृद्धिमा हिमालयन रिइन्स्योरेन्स र नेपाल रिको शेयर मूल्य उल्लेख्य रूपमा बढ्नु मुख्य कारण हो। फाइनान्स समूह पनि २.४९ प्रतिशतले बढेको छ। बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन, र व्यापार समूहले पनि क्रमशः सानो तर सकारात्मक वृद्धि देखाए। अर्कोतर्फ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर,...
बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज, स्थानीय
बुटवल बेरोजगारीको चपेटामा परेका हजारौं युवालाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले आयोजना गरेको एक दिने रोजगार मेलाले उल्लेखनीय सफलता हासिल गरेको छ । मेला समापन हुँदा १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् भने झण्डै ७ सय जना युवाहरू ‘फलोअप’ प्रक्रियामा रहेका छन् । बुटवलमा आयोजित उक्त रोजगार मेलामा हातमा सिप, शिक्षा भएकाले मात्र होइन रुचि भएकाले समेत अवसर पाएको देखिएको छ । हातमा डिग्री र सिप भएर पनि बेरोजगार बसिरहेका युवाहरू साथै सिप भएका तर काम नभएका सीपधारी व्यक्तिहरू, वैदेशिक रोजगारीको विकल्प खोजिरहेका सर्वसाधारणदेखि उद्यमशील सोच बोकेका महिला, युवा–युवतीसम्मको उपस्थिति निकै लोभलाग्दो थियो । एक दिने रोजगार मेलामा ५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरे भने ४० वटा विभिन्न संघसंस्था, उद्योग, कम्पनी तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको थियो । बुटवल उपमहानगरपालिका...
गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, शिक्षा, समाचार
काठमाडौं देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । आज (बुधबार) पनि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसमविद्हarले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी र पहिरोबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ । त्यस्तै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि मध्यम जोखिम देख...
लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित समयभन्दा अघिनै योजना सम्पन्न हुने दाबी गरे ।  ‘निर्माणको काम ५ वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न गर्छौ भन्ने लागेको छ ।’–पोखरेलले भने, बीचमा कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ । हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । अस्पतालका पूराना संरचना हटाउने काम (साइट क्लिरियन्स)पछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए । ...
बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

बुटवलमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सञ्चालन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, स्थानीय
बुटवल टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवलले मनसुन प्लान्टेसन एक्सचेन्ज मेला सुरु गरेको छ। बुटवल ९ इटाभट्टीमा सञ्चालन भएको उक्त मेला यही असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन भइरहेको छ। मेलामा जुनसुकै कम्पनीका पुराना स्कुटर तथा मोटरसाइकल एक्सचेन्ज गर्दा १० हजार थप मूल्याङ्कन रहेको छ। नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगदमा ८ हजार सम्म छुटको व्यवस्था रहेको छ। फाइनान्स मार्फत कारोबार गरेमा ब्याज लाग्दैन। टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटर चढ्ने उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको र चढ्न चाहने टिभिएस प्रेमीहरू मेलाबाट धेरै लाभान्वित हुने विश्वास रहेको बालाजी अटोमोबाइल्स बुटवलका सञ्चालक विशाल जयसवालले जानकारी दिनुभयो। एक्सचेञ्ज मेलामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हेल्मेट ,ब्याग ,बाइक कभर लगायतका एक्सेसरीहरु निःशुल्क उप...
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दैछन्। ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर त...
दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेकाे प्रारम्भिक रिपोर्ट

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेकाे प्रारम्भिक रिपोर्ट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार
काठमाडौं दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ। चिनियाँ विज्ञ टोलीले यो ग्याँस नेपाललाई करिब ५० वर्षसम्म पुग्ने अनुमानसहितको प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार प्रारम्भिक रिपोर्टले मिथेन ग्याँस रहेको पुष्टि गरेको छ। मिथेन स्वच्छ इन्धन मानिन्छ र पेट्रोल–डिजेलको विकल्पका रूपमा गाडी सञ्चालन, विद्युत् उत्पादन तथा घरेलु प्रयोजनमा प्रयोग गर्न सकिने उल्लेख छ। खानी तथा भूगर्भ विभागका अनुसार यसबाट हाइड्रोजन छुट्टाएर अमोनिया उत्पादन गरी मल उद्योगमा समेत प्रयोग गर्न सकिने सम्भावना छ। दैलेखका केही स्थानमा जमिनबाट निस्किएको ग्याँस प्रज्वलित भएर आगो बलिरहने घटनालाई स्थानीयले दैवी शक्ति मानेर पूजा गर्दै आएका थिए। तर वैज्ञानिक परीक्षणले त्यहाँ प्रज्वलनशील प्राकृतिक...
नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार
काठमाडौं नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्। मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ। नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए। ...
सडकमै सवारीको छड्के चेकजाँच

सडकमै सवारीको छड्के चेकजाँच

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
बुटवल, २७ जेठ  यातायात व्यवस्था कार्यालय सवारी बुटवलले सडकमा सवारी साधनहरूलाई चेकजाँच गर्न सुरु गरेको छ । लामो समय सम्म राज्यलाई बुझाउनुपर्ने राजश्व कर नतिरेर सडकमा गुड्दै आएको गुनासो आएपछि कार्यालयले यस्तो तरिका अपनाएको हो । आइतबार दिउँसो संयुक्त रूपमा गरेको चेकजाँचमा १० बटा मालवाहक सवारीसाधन भेटिएको र त्यसलाई कार्यालयले कारबाही गर्ने जनाएको छ । कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय सञ्चारकर्मीको संयुक्त टोलीले कपिलवस्तुको पिपरामा गरेको आकस्मिक चेकजाँच गर्दा मालवहाक टिप्पर र ट्याक्टर बिना कागजपत्र सडकमा चलिरहेको फेला परेको हो । लामो समय सम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँच पास नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका ८ बटा टिप्परलाई जनही ३ हजारका दरले कारबाही गर्ने गरी लामो समय सम्म कर नबुझाएका सवारीलाई कर बुझाएपछ...