दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेकाे प्रारम्भिक रिपोर्ट


काठमाडौं

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रूपमा पत्ता लागेको छ।

चिनियाँ विज्ञ टोलीले यो ग्याँस नेपाललाई करिब ५० वर्षसम्म पुग्ने अनुमानसहितको प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार प्रारम्भिक रिपोर्टले मिथेन ग्याँस रहेको पुष्टि गरेको छ। मिथेन स्वच्छ इन्धन मानिन्छ र पेट्रोल–डिजेलको विकल्पका रूपमा गाडी सञ्चालन, विद्युत् उत्पादन तथा घरेलु प्रयोजनमा प्रयोग गर्न सकिने उल्लेख छ।

खानी तथा भूगर्भ विभागका अनुसार यसबाट हाइड्रोजन छुट्टाएर अमोनिया उत्पादन गरी मल उद्योगमा समेत प्रयोग गर्न सकिने सम्भावना छ।

दैलेखका केही स्थानमा जमिनबाट निस्किएको ग्याँस प्रज्वलित भएर आगो बलिरहने घटनालाई स्थानीयले दैवी शक्ति मानेर पूजा गर्दै आएका थिए। तर वैज्ञानिक परीक्षणले त्यहाँ प्रज्वलनशील प्राकृतिक ग्याँस रहेको पुष्टि गरेको छ।

चिनियाँ टोलीले ड्रिलिङ गरिएको क्षेत्रबाट करिब ५० वर्ष पुग्ने ग्याँसको सम्भावना रहेको बताएको छ। विस्तृत अध्ययन प्रतिवेदन डिसेम्बरसम्म प्राप्त हुने अपेक्षा गरिएको छ।

मन्त्री भण्डारीका अनुसार नेपालमा उत्पादित प्राकृतिक ग्याँसलाई व्यापारिक रूपमा उपयोग गर्न सकिने हो भने देशको आर्थिक उन्नतिमा ठूलो फड्को मार्न सकिन्छ।

यो अनुसन्धान चीनको सरकारी निकाय ‘चाइना जिओलोजिकल सर्भे’ र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा सन् २०२३ अप्रिल १० (२०८० वैशाख २८) बाट सुरु गरेका थिए।

अध्ययनका क्रममा करिब ४ हजार मिटर गहिरो जमिन खनिएको थियो। खनीज अध्ययनको क्रममा जमिनमुनिबाट ग्याँसको गन्ध निस्किएको पुष्टि भएपछि चट्टानका नमूनाहरू परीक्षणका लागि चीन लगिएको थियो।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...