बुटवलको रोजगार मेलामा १६९ जनालाई जागिर, हजारौंलाई आशा


बुटवल

बेरोजगारीको चपेटामा परेका हजारौं युवालाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले आयोजना गरेको एक दिने रोजगार मेलाले उल्लेखनीय सफलता हासिल गरेको छ । मेला समापन हुँदा १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसर पाएका छन् भने झण्डै ७ सय जना युवाहरू ‘फलोअप’ प्रक्रियामा रहेका छन् ।

बुटवलमा आयोजित उक्त रोजगार मेलामा हातमा सिप, शिक्षा भएकाले मात्र होइन रुचि भएकाले समेत अवसर पाएको देखिएको छ । हातमा डिग्री र सिप भएर पनि बेरोजगार बसिरहेका युवाहरू साथै सिप भएका तर काम नभएका सीपधारी व्यक्तिहरू, वैदेशिक रोजगारीको विकल्प खोजिरहेका सर्वसाधारणदेखि उद्यमशील सोच बोकेका महिला, युवा–युवतीसम्मको उपस्थिति निकै लोभलाग्दो थियो । एक दिने रोजगार मेलामा ५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरे भने ४० वटा विभिन्न संघसंस्था, उद्योग, कम्पनी तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले कुनै पनि युवायुवती होस वा अन्य कोही पनि बेरोजगार बस्न नपरोस्, कामको खोजीमा विदेशीन नपरोस् साथै सिप सिकेर फर्केकाहरुको सिपको सदुपयोग गर्न सकियोस् भन्ने मेलाको मुल उदेश्य रहेको बताए । प्रमुख पाण्डेले उपमहानगरपालिकाले आयोजना गरेको रोजगार मेला केवल जागिर दिने माध्यम मात्र नभई, युवाहरूको सपना र सम्भावनाको ढोका खोल्ने थलो बन्ने बताए ।

“सीप, अवसर र आशालाई एउटै ठाउँमा ल्याएर यो मेलाले देखाएको छ– उचित पहल भए युवा विदेश होइन, आफ्नै देशमा पनि समृद्धिको बाटो रोज्न सक्छन्” प्रमुख पाण्डेको भनाई छ । नगर प्रमुख पाण्डेले मेलाको अवलोकन गर्दै भने –“हामी युवालाई विदेश जानु भन्दा देशमै केही गर्न प्रेरित गरिरहेका छौं । रोजगार मेलाले त्यो अभियानलाई थप टेवा दिएको छ ।”

उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार, “गत वर्षको मेलामा जम्मा ३८ जना मात्रै रोजगारीमा प्रवेश गरेका थिए । यस वर्ष १६९ जनाले प्रत्यक्ष रोजगारी पाउनु र ७ सयभन्दा बढीको फ्लोअपमा हुनु मेलाको सफलताको प्रमाण हो । यो बेरोजगारी घटाउने दिशामा महत्वपूर्ण कोशेढुंगा सावित भएको छ । यो मेलाले नेटवर्किङको अवसर प्रदान गर्नुका साथै व्यवसायिक दुनियाँ बुझ्न र नेटवर्क बनाउन सहज हुनुका साथै मेलाले सहभागी कम्पनीको गुणस्तर, उच्चस्तरीय कम्पनी र संस्थाको उपस्थिति युवामा विश्वास बढाएको उप प्रमुख अर्यालले बताइन् ।

मेलाको मूल उद्देश्य थियो– युवालाई रोजगारी र स्वरोजगारका अवसरहरूसँग सिधा सम्पर्क गराउनु । रोजगारदाता र रोजगार खोज्नेहरूबीच प्रत्यक्ष भेटघाटको माध्यमले मिलन प्रक्रिया सहज बनाउनु रहेको मेला संयोजक तथा श्रम तथा रोजगार प्रबद्र्धन शाखा प्रमुख अरबिन्द पाण्डेको भनाई छ । ‘यो रोजगार मेला बस्तु उत्पादक कम्पनी र सामाजिक संस्थाहरूका लागि पनि उत्तिकै उपयोगी बनेको छ । उनीहरुले आफ्नो सेवा तथा ब्राण्डको प्रचार प्रसार गर्नु का साथै तालिम दिनुपर्ने क्षेत्र पहिचान गर्ने, सीप, सम्भावना र सपना एउटै थलोमा पाउने भएपछि युवाहरुमात्रै होइन ठुला कम्पनीहरुपनि लाभान्वित भएका थिए ।

कैयौं युवाहरू यस्ता थिए, जो विभिन्न तालिम लिएर पनि रोजगारी नपाएर वैदेशिक रोजगारतर्फ आकर्षित हुने पुगेका थिए भने यता व्यवसायीहरु भने कामदारहरुलाई काम सिकाउने तर टिकाउन गाहे परेको अनुभव राखेका थिए ।

मेलाले रोजगार मात्र होइन, आत्मविश्वाससँग आशा जगाउने किसिमका परामर्श सेवा, तालिम जानकारी, उद्यमशीलता प्रवद्र्धन कक्षहरू पनि त्यहा रहेका थिए । युवाका लागि मेलामा होटल, बैंक, उद्योग, स्वास्थ्य, निर्माण, सूचना प्रविधि लगायत क्षेत्रका कम्पनीहरू सहभागी रहेका थिए । कतिपय कम्पनीले तत्काल रोजगारीको प्रस्ताव पनि गरे । सरकारी तथा गैरसरकारी संस्था, रोजगार कार्यालय, टेक्निकल स्कूल, विकास साझेदारहरूको पनि सक्रियता निकै देखिएको थियो ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...