ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो ।
शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ ।
...





