तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु


काठमाडौं

तराई क्षेत्रमा सिँचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ ।

पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका हुन् ।

‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।

तराईका धेरै भूभागमा जमिन खेतीयोग्य भए पनि सिँचाइको स्थायी पहुँच नहुँदा किसानहरू मौसममा भर पर्न बाध्य छन्। यस वर्ष वर्षात् नभएको कारण किसानले लगाएको धान डढेर गएको छ ।  यस्तो अवस्थामा डिप बोरिङमार्फत भू–जल उपयोग गरेर कृषिमा सुधार ल्याउने योजना अघि बढाइएको हो।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...