पत्रपत्रिका

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।’ उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्। रुपन्देहीमा ६ लाख ७२ हजार ...
गुल्मीको मालिकामा विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुई जनाको मृत्यु

गुल्मीको मालिकामा विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट दुई जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलविद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिकामा २ जनाको मृत्यु भएको छ ।पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका– ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको हो ।बसले मालिका–७ अर्जे राम्चेको ओरालेमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको गुल्मी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षको बच्चा अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् ।  बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज लिएर जान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ...
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु...
बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन

बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
नवलपरासीपश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ। बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन्।घटना बिहान करिब ३ बजेतिर घटे पनि घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्रै प्रहरीलाई खबर गरेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन्। ग्यास च्याम्बरमा ग्यास खोल्ने क्रममा मृत्यु भए पनि घटना ढाकछोपका लागि दुवैको शव बाहिर ल्याएर सुताइएको स्थानीयको आरोप छ। उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परीक्षणका लागि पठाउन लागिएको प्रहरीले ...
जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्...
रविलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

रविलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंउच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो । न्यायाधीशद्वय खडान्नद तिवारी र दिपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो । गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ...
औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ छ ।मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भएको हो । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उहाँले भन्नुभयो ।मुख्यमन्त्री आचार्यले उ...
किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन

किया नेपालले गर्यो बुटवलमा शोरुमको उद्घाटन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलकिया कम्पनीका चारपाङ्ग्रे सवारी साधन (कार)को विक्रेता किया नेपालले बुटवलबाट सेवा दिनका लागी विक्री केन्द्रको शुभारम्भ गरेको छ।ग्राहकको रोजाइमा परेको, गुणस्तरीय , टिकाउ र भरपर्दो प्रविधियुक्त , ईन्धन र इलेक्ट्रोनिक्स दुवै सुविधा रहेको किया ब्राण्डका कार विक्री केन्द्र कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजेज प्रालिको विहिबार बुटवलको कालिकानगरमा शोरुमको उद्घाटन गरिएको हो।शोरुमको उद्घाटन गर्दै कम्पनीका निर्देशक रेखा घिमिरेले कारहरुमै मजवुत, गुणस्तरीय, ग्राहकको विश्वास जित्न सफल किया नेपालले ३० बर्षसम्म निरन्तर सेवा दिंदै आएको र अव बुटवलबाट सेवा दिन पाउंदा खुशी लागेको वताउनुभयो।निर्देशक घिमिरेले देशका अन्य स्थानहरूमा भन्दा बुटवलबाट राम्रो व्यवसाय हुनेमा विश्वस्त रहेको धारणा राख्नुभयो।उहाँले ग्राहक , निरिक्षण गर्ने र सरोकारवाला सवैको प्रतिक्रिया बिक्री केन्द्र देखी प्रमुख कार्यालय सम्म आईपुग...
अटो चालकको मृत्यु पछि सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

अटो चालकको मृत्यु पछि सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए । ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार भएको हो । अहिले अवस्था सामान्य बन्दै गएको छ’ डीआईजी घिमिरेले भने ।बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।...
आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन साथै राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न...