कांग्रेसमा विद्रोह
काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ।
भदौ २४ गते प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट नेपाली सेनाले रेस्क्यु नै गरेर बाहिर लैजानुपर्यो । त्यस दिन कांग्रेस सभापति देउवा र उनकी श्रीमती आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परे ।पटक- पटक नेतृत्वमा बसेको तर शासकीय अभ्यासमा सुधार ल्याउन नसकेका व्यक्तिको रूपमा यी दुई पात्रमाथि नागरिक आक्रोश चुलिएको थियो । त्यसैले जेनजी आन्दोलनकारीको भौतिक आक्रमणको निशानामा देउवा परे ।जेनजी आन्दोलनले देउवा र ओलीलाई तत्कालीन शासकीय सत्ताबाट बहिर्गमन गरायो । यही बहिर्गमनपछि दुवै दल भित्र नेतृत्व परिवर्तनको बहस चलेको थियो । यो बहसमा दुवै दल भित्रका ‘जेनरेसन-एक्स’ पुस्ता अग्रपंक्तिमा थिए...








