भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता


काठमाडौं
भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचारी एसएसपी प्रकाश मल्लका अनुसार उक्त घटनामा केही नेपाली पनि परेको भन्ने सूचना आफूले पाएको र यसबारेमा भारतीय प्रहरीसँग समन्वयमा भइरहेको छ ।
आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् । घटनामा केही नेपाली र बिहारका मानिस परेको हुन सक्ने आशंका भारतीय अधिकारीहरूको छ ।
भारतस्थित नेपाली अधिकारीले घटनामा नेपाली पनि परेको हुन सक्ने बताइरहँदा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो पालिकाका नागरिक आगलागीको घटनामा परेको बताएका छन् ।
उनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका छन् ।
घटनास्थलबाट मृतकका आफन्तले यसबारे आफूहरूलाई मंगलबार बिहान खबर गरेको बताए ।
वडाध्यक्ष बुढाथोकीले घटनाप्रति दुःख व्यक्त गर्दै वडामा शोक विदा समेत दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्यतथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...