पत्रपत्रिका

बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
बुटवलवरिष्ठ साहित्यकार,एवं पुराना राजनितिज्ञ रामचन्द्र भटराईको निधन भएको छ। ८४ बर्षिय भटराईको मंगलबार बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ। लामो समय बाम आन्दोलनमा सक्रिय भटराई पूर्व सांसद, समेत हुन्। नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पुर्व अध्यक्ष भटराई राष्ट्रिय सभा सदस्य समेत भएका थिए। पछिल्लो समय राजनितिमा निस्कृय रहदै आएका उनी नेकपा माओवादी हुंदै नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार समेत भएका थिए। साहित्य संगै पत्रकारिकतामा सम्लग्न भटराईको सम्पादनमा दैनिक निर्णय प्रकाशन भएको थियो। स्वर्गीय भटराईका कुशुम भटराई, गुरांस भटराई र दिपक भटराई गरी ३ छोरा र सारदा र सुजाता गरी दुई छोरी छन्।महिला आन्दोलन र साहित्यमै सक्रिय उनकी जिवन संगिनी मैया भटराईको भने गत बर्ष निधन भएको थियो। पाल्पाको गोखुंगामा जन्मेर बुटवल उपमहानगरपालिका वडा नंद ३ चिडिया...
राजमोको चुनावी घोषणा-पत्र संघीयता खारेजीको मुख्य एजेण्डासहित बुटवलबाट सार्वजनिक

राजमोको चुनावी घोषणा-पत्र संघीयता खारेजीको मुख्य एजेण्डासहित बुटवलबाट सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवलराष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुख्य एजेण्डासहितको चुनावी घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ ।बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा-पत्र–२०८२ सार्वजनिक गरेका हुन् । संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई घोषणा-पत्रमा मुख्य प्राथमिकताका साथ पार्टीले उल्लेख गरेको केसीले बताए । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन–२०८२ को घोषणा-पत्र सार्वजनिक गरेको हो । घोषणा-पत्रमा संघीयता खारेजी, विकेन्द्रित र सन्तुलित विकासको अवधारणासहितका २५ बुँदा उल्लेख छन् । अहिले विकासका कार्यक्रम मुख्यतः ठूला सहर र विकसित क्षेत्रमा केन्द...
लुम्बिनीसहित पश्चिम नेपालमा हिउँदे वर्षा, किसान उत्साहित

लुम्बिनीसहित पश्चिम नेपालमा हिउँदे वर्षा, किसान उत्साहित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंलामो खडेरीपछिको हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्र गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ढकालका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ ।पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको भने सो प्रणालीले अहिले बागमती प्रदेशको...
क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा सतर्क रहन आग्रह

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा सतर्क रहन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंविद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ ।यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ ।केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो । राष्ट्र बैंकले क्यूआर भुक्तानी स्वीकार गर्दा मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम वास्तवमै जम्मा भएको हो कि होइन भन्ने पुष्टि गर्नुपर्ने अनिवार्य रहेको जनाएको छ । भुक्तानी प्राप्त भएको यकिन न...
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, पूर्वतर्फ सर्दै आउने

पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, पूर्वतर्फ सर्दै आउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंमंगलबार साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण मंगलबार राति देखि थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए । पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौंमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए । दार्चुलामा र बैतडीमा मँगलबार साँझ शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँक...
सामाजिक सञ्जालको दुरुपयोग चुनौतीपूर्ण बन्दै , निगरानी र नियमन गर्दै आयोग

सामाजिक सञ्जालको दुरुपयोग चुनौतीपूर्ण बन्दै , निगरानी र नियमन गर्दै आयोग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाण्डौनिर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग थप पेचिलो बन्दै गएको छ । सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरुको प्रयोग, उम्मेदवारको मानमर्दन हुने गरी नाराबाजी, भ्रामक भिडियो तथा तस्बिर प्रसारणजस्ता गतिविधि बढ्दै गएका छन् । यस्तै, उम्मेदवारी दर्ताका क्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने र तडकभडक गर्न नहुने निर्वाचन आचारसंहिता धेरै दल र उम्मेदवारले उल्लङ्घन गरेको पाइएको छ । प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग, दलका झण्डा–ब्यानरसँगै तस्बिर तथा भिडियो सार्वजनिक हुनु, कतिपय दल र उम्मेदवारले प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसको दुरुपयोग भएको भन्दै आलोचना पनि भइरहेको छ ।यसैलाई मध्य नजर गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालमार...
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पूर्ण इजलासका लागि पेस गर्ने आदेश दिएको हो । रिटमा सबै पक्षको लिखित जवाफ पेश भएको भन्दै अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश दिएको थियो । पुस ११ गते न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दुई वटा रिटलाई एकसाथ राखेर पेस गर्न भनिएको थियो । त्यसपछि पटकपटक हेर्न नभ्याइनेमा पर्दै आएको उक्त रिट मंगलबार सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेन-जी प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालत...
सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने

सुदूरपश्चिमदेखि गण्डकीसम्मका भूभागमा पानी र हिउँ पर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंपश्चिमी निम्न चापीय प्रणालीको कारणले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुका हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमको यो बदलावले दैनिक कामकाज प्रभावित हुन सक्ने र चिसो बढेर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।मौसमविद् सन्जिव अधिकारीका अनुसार आज माघ १३ गते मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ ।‘यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुन्छ । एक–दुई ठाउँमा त भारी हिमपात पनि हुनसक्ने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने ।बागमती र कोशी प्रदेशका हिमाली...
राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंआज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन\ शेर्पाले 'संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । ...
मतदाताको जमघटमा मतमाग्न एकैपटक पुगे ४ उम्मेदवार

मतदाताको जमघटमा मतमाग्न एकैपटक पुगे ४ उम्मेदवार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीफागुन २१ गते हुन गईरहेको निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताहरु मतदाता भेटघाटमा व्यस्त छन्। निर्वाचनका लागि ६ हप्ता बांकि रहंदै गर्दा आफ्नो निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरु मतदाता भएका स्थानहरुमा भेटघाटमा व्यस्त भएका छन्। विगतका वर्षहरुमा आमसभा, जुलुस तथा कार्यकर्ताहरुको ठूलो भिड सहित घरदैलोमा केन्द्रित हुने उम्मेदवारहरुको मतदाता भेटघाटको शैली यसपटक भने फेरिएको छ। विगतमा निश्चित स्थानमा आमसभाको केन्द्र बनाई कार्यकर्ता र मतदाताहरुलाई ल्याएर भाषण गर्ने उम्मेदवारहरु अहिले भने मतदाता भएकै स्थानमा गएर भेटघाट गरिरहेका छन्। सोमबार नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल र स्वतन्त्र उम्मेदवार डा. निको...