लुम्बिनीसहित पश्चिम नेपालमा हिउँदे वर्षा, किसान उत्साहित


काठमाडौं
लामो खडेरीपछिको हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्र गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ढकालका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको भने सो प्रणालीले अहिले बागमती प्रदेशको काठमाडौं उपत्यका आसपासमा वर्षा गराइरहेको छ । यो प्रणाली कमजोर हुँदै उत्तरपूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ । कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने र उत्तरी भेकमा हल्का हिमपात हुने अनुमान छ ।

कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला देशका विभिन्न स्थानमा परेको वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह हुने बताउछन् । असिनाबिनाको पानीले अहिले खेती गरिएको तोरीको दाना पुष्टि हुने र गहुँ उत्पादन बढ्ने उनको भनाइ छ ।

यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउन योगदान पुर्‍याउने उपमहानिर्देशक कोइरालाले जानकारी दिए । वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढ्नेछ ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...