पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, पूर्वतर्फ सर्दै आउने


काठमाडौं
मंगलबार साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए ।

उक्त प्रणालीका कारण मंगलबार राति देखि थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए । पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौंमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए ।

दार्चुलामा र बैतडीमा मँगलबार साँझ शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ । विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङको सम्भावना रहेको छ । बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू-भागमा साधारणतया बादल लाग्ने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...