मतदाताको जमघटमा मतमाग्न एकैपटक पुगे ४ उम्मेदवार


रुपन्देही
फागुन २१ गते हुन गईरहेको निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताहरु मतदाता भेटघाटमा व्यस्त छन्।

निर्वाचनका लागि ६ हप्ता बांकि रहंदै गर्दा आफ्नो निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरु मतदाता भएका स्थानहरुमा भेटघाटमा व्यस्त भएका छन्।

विगतका वर्षहरुमा आमसभा, जुलुस तथा कार्यकर्ताहरुको ठूलो भिड सहित घरदैलोमा केन्द्रित हुने उम्मेदवारहरुको मतदाता भेटघाटको शैली यसपटक भने फेरिएको छ।

विगतमा निश्चित स्थानमा आमसभाको केन्द्र बनाई कार्यकर्ता र मतदाताहरुलाई ल्याएर भाषण गर्ने उम्मेदवारहरु अहिले भने मतदाता भएकै स्थानमा गएर भेटघाट गरिरहेका छन्।

सोमबार नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल र स्वतन्त्र उम्मेदवार डा. निकोलश भुसालले तिलोत्तमा नगरपालिका वडा नं. १ नयांमिल स्थित दुर्गा वैदिक परमानन्द सन्यास आश्रम श्री दुर्गा वैदिक संस्कृत विद्यापीठमा पुगेर मतदाताहरुसंग भेटघाट गरेका हुन।

विद्यापीठमा संचालित गुरुस्मृती भण्डाराको समयमा एमालेका उपाध्यक्ष विष्णु पौडेल दिउसो १२ बजे विद्यापीठमा पुगेका थिए। सयौं दर्शनार्थीहरु उपस्थित उक्त गुरुस्मृती भण्डारामा पौडेललाई त्यहां उपस्थित दर्शनार्थीहरुले स्वागत गरेका थिए। नेता पौडेल मन्दिरको दर्शन गर्नुको साथै त्यहां उपस्थित दर्शनार्थीहरुसंग नांचगान समेत सहभागी भए।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल र रास्वपा उम्मेदवार सुलभ खरेल पनि मतदाता भेटघाटका लागि दिउसो १ बजे विद्यापीठमा पुगेका थिए। पौडेल र खरेललाई पनि उपस्थित दर्शनार्थीहरुले स्वागत गरेका थिए।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...