राजमोको चुनावी घोषणा-पत्र संघीयता खारेजीको मुख्य एजेण्डासहित बुटवलबाट सार्वजनिक


बुटवल
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुख्य एजेण्डासहितको चुनावी घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ ।बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा-पत्र–२०८२ सार्वजनिक गरेका हुन् ।

संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई घोषणा-पत्रमा मुख्य प्राथमिकताका साथ पार्टीले उल्लेख गरेको केसीले बताए ।

‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन–२०८२ को घोषणा-पत्र सार्वजनिक गरेको हो । घोषणा-पत्रमा संघीयता खारेजी, विकेन्द्रित र सन्तुलित विकासको अवधारणासहितका २५ बुँदा उल्लेख छन् ।

अहिले विकासका कार्यक्रम मुख्यतः ठूला सहर र विकसित क्षेत्रमा केन्द्रित हुने गरेको बताउँदै जनमोर्चाले क्षेत्रीय सन्तुलनसहितको विकेन्द्रित र सन्तुलित विकासको नीति अगाडि सारेको छ । विकास दृष्टिकोणले पछाडि परेका जिल्ला र दुर्गम स्थानको विकासमा विशेष प्राथमिकता दिइने घोषणा-पत्रमा उल्लेख गरेको छ ।
प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुक्ति, अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, द्वन्द्वपीडितलाई न्याय र राहत, बौद्धिक पलायनमाथि रोक, पहाडबाट बसाइसराइ न्यूनीकरण, दुर्गम गाउँमा सुपथ मूल्य पसल, बौद्धिक पलायन रोक्ने पार्टीले प्रतिबद्वतामा उल्लेख गरेको छ । त्यस्तै खाद्य सुरक्षा, कारागारको अवस्थामा सुधार, एकीकृत नमुना बस्ती, ग्रामीण विकास मानवअधिकारको पूर्ण पालना, ज्येष्ठ नागरिकको स्वास्थ्यको पूर्ण जिम्मा, मजदुरको हकहित र रोजगारीको व्यवस्था, खेलकुद शिक्षा र सामाजिक सुरक्षाको नीति अपनाइने घोषणा-पत्रमा समावेश गरेको छ ।
निर्वाचनमा केही ठाउँमा अपवादबाहेक अन्य राजनीतिक पार्टीसँग एकता गरेर जाने पार्टीको नीति नभएको अध्यक्ष केसीले स्पष्ट पारे । जनमोर्चाले प्रतिनिधिसभाको फागुन २१ मा हुने निर्वाचनमा ४२ जिल्लाका ७० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । त्यस्तै, समानुपातिकतर्फ १ सय १० जना उम्मेदवार छन् ।

जनमोर्चाका अध्यक्ष केसीले यसअघिको सरकारमा, सत्तामा भएकाबाट पार्टीको उद्देश्य पूरा नहुने र संसद् विघटन गरेर सुशासन कायम नगरी उल्टै एनजीओ/आईएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोज्नुले देशकै राष्ट्रियता सार्वभौमिकता, अखण्डता संकटमा परेको पनि बताए । ‘देशलाई विखण्डन वा क्षेत्रीय विग्रहतिर लैजान चाहन्छन् । कतिपय पक्षले जातिवादमा जोड दिएर देशलाई विग्रहको स्थितिको सृजना गर्न खोजिएको छ,’ उनले भने, ‘देशभक्त सबै नेपालीहरू सचेत हुनुपर्ने समय आएको छ ।’

नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको उनले बताए । यसपटकको निर्वाचनमा देशका लागि काम गर्ने व्यक्तिलाई रोजेर मतदान गर्न पनि उनले आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...