सुन चोरलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
काठमाडौँकाठमाडौँ प्रहरीले सुनचोरीमा सम्लग्न एक युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ। काठमाण्डौको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न प्रेम थारुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।काठमाण्डौ प्रहरीका अनुसार स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेका थिए। प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको काठमाण्डौ प्रहरीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भटराईले बताए।
भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो।’ भट्टराईका...







