मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो


काठमाडौं
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...