दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने


काठमाडौँ
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्ने कार्यविधि जारी गरेको छ ।
आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ सोमबार लागू गरेको हो । कार्यविधिअनुसार उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि आ-आफ्नै बेग्लै बैंक खाता खोल्नुपर्नेछ ।
प्रचार खर्चसम्बन्धी सबै आर्थिक कारोबार नेपाली मुद्रामा गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भए अनिवार्य रूपमा बैंक खातामार्फत नै लिनुपर्ने उल्लेख छ ।
कार्यविधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचलित कानुनबमोजिम निर्वाचन प्रचार–प्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

दल तथा उम्मेदवारले बुझाएको खर्च विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र आयोग र सम्बन्धित कार्यालयले बैंक खाता बन्द गर्न लगाउनेछ । तर बैंक खातासम्बन्धी विवरण भने सामान्यतया छ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...