पत्रपत्रिका

कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंनेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ। काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ। उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ। महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। ...
पार्वती ज्ञवालीको “परिक्षामा समय”: सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदना समेटिएको कृति

पार्वती ज्ञवालीको “परिक्षामा समय”: सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदना समेटिएको कृति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाली गजलको समकालीन यात्रामा सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदनालाई एउटै संरचनाभित्र समेट्ने प्रयत्नहरू उल्लेखनीय रूपमा देखिएका छन् । यिनै प्रयत्नहरूमध्ये गजलकार पार्वती ज्ञवालीको गजलसङ्ग्रह परीक्षामा समय विशेष ध्यानाकर्षण कृति हो । बुटवलमा जन्मेकी ज्ञवाली साहित्य र सञ्चार क्षेत्र दुवैमा सक्रिय स्रष्टा हुन् । उनका अनुभव, सामाजिक अवलोकन र समयप्रतिको आलोचनात्मक दृष्टि यस सङ्ग्रहका गजलहरूमा विविध स्वरूपमा अभिव्यक्त भएका छन् । चौसट्ठी वटा गजल सङ्गृहीत यस कृतिले आकारगत रूपमा चारदेखि सात सेरसम्मका गजललाई समेटेको छ ।अधिकांश गजल पाँच सेरमा संरचित छन् । केही गजलहरू सङ्गीतबद्ध भई रेकर्डसमेत हुनु यस कृतिको अर्को विशेषता हो ।‘परीक्षामा समय’ शीर्षक आफैँमा प्रतीकात्मक छ । यहाँ समय केवल घडीको गति होइन, समाज, राजनीति, संस्कृति, नैतिकता र मानवीय अस्तित्वलाई जाँच्ने...
व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन् । शनिबार रुपन्देही व्यापार संघको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौतीको सामना गर्नुपरेको धारणा राखे ।अध्यक्ष अग्रवालले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरे । ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले नीजि क्षेत्र निकै उत्साहित भएको थियो ।’, उनले भने ‘सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायी मैत्री वातावररण बनाउन नसक्दा मुलुकमा आर्थिक गतीविधि बढ्न सकेनन् । अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन् ।’पछिल्लो समय बैंकको ब्या...
चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंचीनसँग बढ्दो सैन्य तनावबीच अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईवटा शुक्रबार ताइवान पुगेका छन्। महिनौँको ढिलाइपछि ती विमान ताइवानको पूर्वी तटस्थित चिहाङ एयर बेसमा अवतरण गरेका हुन्। सन् २०१९ मा अमेरिकाले ताइवानलाई करिब ८ अर्ब डलरमा ६६ वटा एफ–१६भी विमान बिक्री गर्ने सम्झौता स्वीकृत गरेको थियो। सफ्टवेयरलगायतका समस्याका कारण विमान आपूर्तिमा ढिलाइ हुँदै आएको थियो। ताइवानका राष्ट्रपति लाई चिङ–तेले पहिलो दुई विमान पुगेपछि अमेरिकी सहयोगप्रति धन्यवाद दिँदै यसलाई ताइवानको हवाई रक्षा क्षमता बलियो बनाउने महत्वपूर्ण घटनाका रूपमा उल्लेख गरेका छन्। ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले थप एफ–१६भी विमान पनि चाँडै आउने बताएका छन्। यद्यपि उनले थप विमान कहिले आउने भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।हवाई र गुआम हुँदै आएका ती विमा...
चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्ने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वका समयमा नागरिकलाई सेवा प्रवाहमा समस्या नहोस् र आवतजावत सहज रहोस् भन्ने उद्देश्यले आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको शुक्रबारको प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।कार्यालयले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अन्य अनुचित गतिविधि नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ । चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि तथा अनुचित गतिविधि नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका लागि सम्बन्धित निकायबीच समन्वय गरी अ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित तथा इएचएस(अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो । सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको सङ्ख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नु पर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्याङ्क प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गरिन् । कार्कीका अनुसार भाद्र महिनामा नियमित तर्फ ४९७ र ईएचएस तर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो । सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोत साधनको अवस्थालाई मध्यनजर गरि सबैले अधिकतम प्रयास लगनशिलतामा जो...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे। आफ्नो निर्वाचन क्षेत्रका जनताको अपेक्षा र सरकारका प्रतिबद्धता सम्झिए। त्यसपछि अब बस्ने अर्को अधिवेशन कस्तो हुनुपर्छ भन्नेबारे सांसद, संसद्को नेतृत्व र सरकारको ध्यानाकर्षण गराए।चालू अधिवेशनको समीक्षा गर्दै सांसदहरूले अर्को अधिवेशनबाट संसद् र सरकार दुवैको काम गर्ने शैली बदलिनुपर्ने निष्कर्ष सुनाए छन्। संसद्‌मा उठेका प्रश्नको अनिवार्य जवाफ, प्रभावकारी कानुन निर्माण, सभामुखको रुलिङ कार्यान्वयन, सरकारको नियमित समीक्षा र जनजीविकाका मुद्दामा परिणाम देखिने गरी काम हुनुपर्ने उनीहरूको अपेक्षा छ।संसद् र सांसदको भूमिकाबारे चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दकुमार सिंह भन्छन्, ‘कहिलेकाहीँ लाग्छ, संसद् जनताको समस्या समाधान गर्ने थलो हो कि ! ...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीबाट प्राप्त उत्तर टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन् ।बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन्। त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्र...
बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ करिब ६ बजेको समयमा एक जना ४०/४५ वर्षीय पुरुषले हाम फालेपछि बेपत्ता भएका छन्। प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई केही व्यक्तिले सम्झाई–बुझाई गर्ने प्रयास गरेका थिए। तर, सम्झाउने प्रयास भइरहेकै अवस्थामा उनले पुलबाट हाम फालेको बताइएको छ। घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली घटनास्थलमा पुगेर बेपत्ता पुरुषको खोजी गरिरहेको छ। उनको पहिचान भने खुल्न बाँकी रहेको छ। बेपत्ता पुरुषको खोजीका लागि सुरक्षा टोलीले पुल आसपास तथा नदी क्षेत्रमा खोजतलास गरिरहेको जनाएको छ। ...
भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएर उनको साथबाट उक्त गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा जाँचकक्षमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उनको साथबाट शंकास्पद अवस्थामा ठूलो परिमाणमा गरगहना फेला पारेको जनाएको छ। प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झु...