प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै



काठमाडौं
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।
बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीबाट प्राप्त उत्तर टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन् ।
बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन्।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक माथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहेका सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गरिनेछ। बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्रसमेत सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । आज चालु अधिवेशनको अन्तिम बैठक बस्न लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरिसकेका छन् ।

छुटाउनुभयो कि ?

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...
बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

बुटवलबुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ करिब ६ बजेको समयमा एक जना ४०/४५ वर्षीय पुरुषले हाम फालेपछि बे...
भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

रुपन्देहीरुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा ब...