निर्वाचनको विपक्षमा १२ समूह सक्रिय, निगरानीमा राजावादीदेखि समाजवादीसम्म
काठमाडौं‘चुनाव बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसाय जस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई-चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ ।’
९ फागुनमा बुटवल पुगेर प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार समूहमाथि गम्भीर आरोप लगाउँदै बहिष्कार गर्नेलाई चन्दासँग जोडिन् । संगठन नभएकाहरू आफ्नो पार्टीको अस्तित्व राख्न र यही मौकामा आर्थिक उपार्जन लाग्ने भएकाले चुनाव बहिष्कार एउटा अवसर जस्तो भएको संकेत उनले गरिन् ।चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन दिए जस्तै सुरक्षा निकायहरूले पनि चुनाव बिथोल्ने समूहहरूको निगरानी गरिरहेको बताएको छ ।सुरक्षा स्रोतका अनुसार अहिले विभिन्न १२ वटा समूह चुनाव बहिष्कारमा लागेका...








