उद्योग वाणिज्य महासंघको अधिवेशन: हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं
उद्योग व्यवसायीहरूकाे छाता संस्था ‘नेपाल उद्योग वाणिज्य महासंघ’मा आगामी नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ ।
महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
आगामी चैत २८ गते हुन लागेको निर्वाचनका लागि ढकालले आज एक कार्यक्रमका बीच आफ्नो आधिकारिक प्यानल सार्वजनिक गरेका छन्।

सोमबार राजधानीमा आयोजित एक समारोहमा हेमराज ढकालको प्यानलबाट ज्योत्सना श्रेष्ठले उपाध्यक्ष -एसोसिएट, उमेश डालमियाले उपाध्यक्ष-जिल्ला नगर, कल्पना गैरेले उपाध्यक्ष -जिल्ला नगर, नरेश लाल श्रेष्ठले उपाध्यक्ष -वस्तुगत, तथा कमला श्रेष्ठले प्रस्तावित महिला-उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी निर्वाचनमा यो समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत पहिले नै गरेका थिए । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ ।

नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष चयन हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...