उद्योग वाणिज्य महासंघको अधिवेशन: हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौं
उद्योग व्यवसायीहरूकाे छाता संस्था ‘नेपाल उद्योग वाणिज्य महासंघ’मा आगामी नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ ।
महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
आगामी चैत २८ गते हुन लागेको निर्वाचनका लागि ढकालले आज एक कार्यक्रमका बीच आफ्नो आधिकारिक प्यानल सार्वजनिक गरेका छन्।

सोमबार राजधानीमा आयोजित एक समारोहमा हेमराज ढकालको प्यानलबाट ज्योत्सना श्रेष्ठले उपाध्यक्ष -एसोसिएट, उमेश डालमियाले उपाध्यक्ष-जिल्ला नगर, कल्पना गैरेले उपाध्यक्ष -जिल्ला नगर, नरेश लाल श्रेष्ठले उपाध्यक्ष -वस्तुगत, तथा कमला श्रेष्ठले प्रस्तावित महिला-उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी निर्वाचनमा यो समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत पहिले नै गरेका थिए । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ ।

नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष चयन हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...