रुपन्देही आएर कुलमानले भने : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ


बुटवल

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई सरकार गठन गर्ने जनादेश प्राप्त भए अरूले दशकौँसम्म गर्न नसकेको काम एक वर्षभित्रै गरेर देखाउने दाबी गरेका छन् ।
भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशको शासन सञ्चालन, प्रशासन व्यवस्थापन तथा विकासको स्पष्ट दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताए । उनले देशलाई समृद्धि र विकासको दिशामा अघि बढाउन उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।
उनले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक, राजनीतिक तथा नेतृत्व क्षमतासहितको टोली आफ्नो पार्टीसँग रहेको उल्लेख गर्दै अब मतदाताले नयाँ विकल्प रोज्ने समय आएको बताए । “हामीसँग ब्यूरोक्रेसी, राजनीति, मन्त्रालय र प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने क्षमता छ,” उनले भने, “अहिलेसम्म धेरै नेता र पार्टीलाई मतदान गरिसक्नुभएको छ, अब देशको भविष्य सुनिश्चित गर्ने नेतृत्व छान्ने समय आएको छ ।”

घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि देशभरको लोडसेडिङ अन्त्य गरेको अनुभव स्मरण गर्दै अब देशका अन्य क्षेत्रमा रहेका समस्याको अँध्यारो हटाउने लक्ष्यका साथ उज्यालो नेपाल पार्टी अघि बढेको बताए । उनले गरिब तथा विपन्न वर्गको जीवनस्तर सुधार गर्दै देशलाई समृद्ध बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए
। कार्यक्रमका क्रममा उनले पार्टीलाई सशक्त नेतृत्वमा पुर्‍याउन सबै उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका थिए ।

सो अवसरमा घिसिङ रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेको घरदैलो कार्यक्रममा समेत सहभागी भएका थिए । उनले बुटवलका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका योजना र उद्देश्यबारे जानकारी गराएका थिए । उज्यालो नेपाल पार्टीले सुशासन, ऊर्जा विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक समृद्धिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेको जनाएको छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...