शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न
बुटवलमानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद...








