शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न



बुटवल
मानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लिलाधर लुइँटेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा मोहनीलाल न्यौपाने, अर्जुन कुवर लगायतले वोल्दै यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध त्यसको कारण, समस्या र समाधानको बारे जानकारी गराएका थिए।
सहभागीहरुले कार्यक्रमबाट आफुहरुले यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध त्यसको कारण, समस्या र समाधान बारे जानकारी पाएको बताएका थिए।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...