पत्रपत्रिका

सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने

Breaking news 2, Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरकालागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए। ‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’प्रवक्ता पन्थिले भने,‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ। यो परियोजना लुम्बिन...
विभिन्न कार्यक्रमका गरी सामाजिक सुरक्षा दिवस मनाइँदै

विभिन्न कार्यक्रमका गरी सामाजिक सुरक्षा दिवस मनाइँदै

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ । यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् । उनले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिह...
भ्रष्टाचार नियन्त्रण गर्न नागरिकतहबाट खबरदारी गरौं : मुख्यमन्त्री आचार्य

भ्रष्टाचार नियन्त्रण गर्न नागरिकतहबाट खबरदारी गरौं : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 बुटवल  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन्।  भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको एक प्रतिनिधि मण्डल संग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको उल्लेख गर्दै नागरिक स्तरमा समेत खवरदारी आवश्यक रहेको बताए।  प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुदे निर्देशन जारी गरिसकेको छ उनले भने।   नागरिक तहमा बढ्दो निरासालाई आशामा बदल्नेगरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनकोलाग...
नेपाल कम्युनिष्ट पार्टीले पुनर्गठन दिवसमा गर्याे रक्तदान कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीले पुनर्गठन दिवसमा गर्याे रक्तदान कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ४० पोईन्ट रगत संकलन भएको हो । जनमुक्ति सेना गठन भएको दिनलाई पारेर २०७० साल मंसिर ८ गते महासचिव विप्लपको नेत्तृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको थियो। सोहि सन्दर्भमा नेकपाले देशैभर प्रदर्शन लगायत बिबिध रचनात्मक कार्यक्रम गरेको छ । नेकपा रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरद सीले पार्टी पुनगर्ठन दिवसको सन्दर्भ जनमुक्ति सेना निर्माण एवं क्रान्तिकारी पार्टी, कार्यदिशा र नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेलेको ऐतिहासिक दिन बएको उल्लेख गरे । उनले भने - 'क्रान्तिको बाँकी कार्यभार पूरा गर्न हामी सबैको साझा दायित्व भएकाले दृढ भएर जनताका मुद्द...
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ । संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
रूपन्देही गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले उडान सुरु गरेका छन् । कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् ।  काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुन लागेकाले उडान कटौती भएको अवस्थामा भैरहवा सरेका एयरलाइन्सको सेवा दीर्घकालीन हुन्छ/हुन्न भन्नेमा भैरहवाका व्यवसायीको चासो छ । त्यस्तै, श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गो, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता पनि छँदै छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ । यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले वि...
दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरीलाई महानिरीक्षक कुँवरको निर्देशन

दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरीलाई महानिरीक्षक कुँवरको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् । शनिबार नुवाकोट जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण भएका मन्दिर र नागरिक सहायता कक्षको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै लैजानुपर्ने बताए । उनले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर र सुदृढ रहेमात्र समाजमा अपराधहरूलाई निर्मूल पार्न सकिने बताए । सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको भन्दै उनले पछिल्लो समय प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा देखिएका बताए । उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगर वार्ड नं ८ सुक्खानगरमा अवस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सधारणसभामा बोल्दै बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख,अधिकृत गुणाखर खानालले अहिले विभिन्न स्थानमा सहकारीमा विकृति देखिएता पनि बुटवल उपमहानगरपालिका मातहतमा चलेका १ सय ३३ सहकारीको अवस्था राम्रो रहेको बताए । उनले संघ र प्रदेश मातहतका सहकारीहरूमा विकृति बढी देखिएको बताए । उक्त सहकारी साने भएता पनि वचत र लगानिका हिसावले उत्कृष्ट रहेकाेमा सञ्चालक तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। उनले सहकारीमा सदस्यता लिँदा आगन्तुकहरू सञ्चालक नभएको स्थानीयहरू नै सञ्चालक रहेको सहकारीमा बुझेर मात्र सदस्यता लिन आग्रह गरे। उनले सहकारी राम्रो बनाउन सदस्यहरु व्यवस्थापन र सञ्चालक...
चीन भ्रमणको आलोचना गर्नेप्रति प्रधानमन्त्री आक्रोशित

चीन भ्रमणको आलोचना गर्नेप्रति प्रधानमन्त्री आक्रोशित

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुन लागेको आफ्नो चीन भ्रमणसम्बन्धी टिप्पणीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा एमालेले गरेको ‘जागरण सभा’ मा चीन भ्रमणको विषयमा आलोचना गर्नेलाई ओलीले ‘वाहियात र कायर’ भएको टिप्पणी गरेका हुन् ।  प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको रूपमा चीन जान लागेका छन् । धेरैजसो नेपाली प्रधानमन्त्रीले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेको विगत भएकाले अहिले ओलीले गर्न लागेको चीन भ्रमणको विषयमा टीकाटिप्पणी भएको हो । सभामा ओलीले नेपालका प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्ने भन्ने कुनै नीति नभएको उल्लेख गर्दै भ्रमणको विषयमा भएका टिप्पणीप्रति असन्तुष्टि जनाए । ‘कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ?’ उनको भनाइ थियो, ‘धर्मशास...
भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतगणना सुरु

भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतगणना सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौं भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु भएको छ । महाराष्ट्रको २८८ विधानसभा सिटका लागि २० नोभेम्बरमा एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा-१३ नोभेम्बर (पहिलो) र २० नोभेम्बर (दोस्रो) मतदान भएको थियो । यी दुई राज्यका विधानसभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोकसभा सिटहरू साथै केही राज्यका विधानसभा सिटहरूका लागि उपचुनाव पनि भएको छ । तिनको नतिजा पनि आज नै सार्वजनिक हुनेछन् । महाराष्ट्रमा सत्तारूढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, झारखण्डमा जेएमएम नेतृत्वको ‘इन्डिया’ गठबन्धन र बीजेपी नेतृत्वको ‘एनडीए’ गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । मतदानपछि आएका अधिकांश एक्जिट पोलहरूले दुवै राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी पोलहरूले महाराष्ट्रमा बीजेपी नेतृत्वको महायुती...