सिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने


 बुटवल

लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरकालागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए।

‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’प्रवक्ता पन्थिले भने,‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ।

यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागु हुने छ। किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषिको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायू उत्थानशिलतामा सुधार गर्ने, सिंचाईको आधुनिकीकरण र एकिकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ।

किसान व्यवस्थित सिंचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पा स्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिंचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...