नेपाल कम्युनिष्ट पार्टीले पुनर्गठन दिवसमा गर्याे रक्तदान कार्यक्रम


बुटवल

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ ।

नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ४० पोईन्ट रगत संकलन भएको हो । जनमुक्ति सेना गठन भएको दिनलाई पारेर २०७० साल मंसिर ८ गते महासचिव विप्लपको नेत्तृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको थियो।

सोहि सन्दर्भमा नेकपाले देशैभर प्रदर्शन लगायत बिबिध रचनात्मक कार्यक्रम गरेको छ ।

नेकपा रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरद सीले पार्टी पुनगर्ठन दिवसको सन्दर्भ जनमुक्ति सेना निर्माण एवं क्रान्तिकारी पार्टी, कार्यदिशा र नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेलेको ऐतिहासिक दिन बएको उल्लेख गरे । उनले भने – ‘क्रान्तिको बाँकी कार्यभार पूरा गर्न हामी सबैको साझा दायित्व भएकाले दृढ भएर जनताका मुद्दा  समाधान गर्न लाग्नु पर्ने र त्यसको नेतृत्व हाम्रो पार्टी र हाम्रो नेताले लिनु पर्ने जिम्मेवारी आएको छ। यो जिम्मेवारी हामी सचेतता पुर्बक पूरा गर्नुपर्नेछ।’ देशमा बिकृती बिसङ्गती भ्रस्टाचार अनमियता बढ्दो छ यसको समाधान भनेको नेपाली विशेषताको समाजबादले मात्र गर्ने भन्दै नेता सरदले महासचिवको नेतृत्वमा देशलाइ नयाँ बनाउने र जनताका समस्या समाधान गर्ने लक्ष्य लिएको बताए।

नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता बुटवल नगर सेक्रेटेरी विज्ञान सिको संचालन एवं केन्द्रीय प्रतिनिधि सदस्य नबिन सि को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले...
बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका ए...
देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष प...