भ्रष्टाचार नियन्त्रण गर्न नागरिकतहबाट खबरदारी गरौं : मुख्यमन्त्री आचार्य


 बुटवल 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन्। 

भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक समाज मन्च प्यूठानको एक प्रतिनिधि मण्डल संग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको उल्लेख गर्दै नागरिक स्तरमा समेत खवरदारी आवश्यक रहेको बताए। 

प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको, मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि जारी १४ बुदे निर्देशन जारी गरिसकेको छ उनले भने।  

नागरिक तहमा बढ्दो निरासालाई आशामा बदल्नेगरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको सफल कार्यान्वयनकोलागि नागरिक तहको साथ आवश्यक परेको उनले भने ‘भ्रष्टाचार निवारण गर्ने काम सरकारको एकल प्रयासले मात्रै सम्भव हुदैन, त्यसमा नागरिकको खबरदारी जरुरी पर्छ’।

,‘म मुख्यमन्त्री भएर पहिलो निर्णय भ्रष्टाचार निवारण गर्न पाँच बर्षे रणनीतिक योजना बनाउने प्रस्ताव स्विकृत गरेको थिएँ। पाँच बर्ष भित्र भ्रष्टाचार निवरणका लागि प्रदेश सरकारले रणनीतिक योजना बनाइसकेको छ। सरकारले बनाएका योजनाहरु कार्यान्वयन गर्न नागरिक सहभागीता जरुरी छ।’ 

प्रदेश सरकारले योजना कार्यान्वयनमा देखिएको बेथिति नियन्त्रण गर्न पाँच लाख भन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गरेको, जसबाट योजना कार्यान्वयनमा हुने चलखेल रोकिने अवस्थामा पुगेको उनको भनाई छ। 

भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मञ्च प्यूठानका संयोजक कर्णध्वज केसीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउदै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ। सेवाको नाममा घुस र विकासको नाममा भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्नेगरी उच्चस्तरीय अनुगमन संयन्त्र बनाउन जोड दिइएको छ। 

भ्रष्टाचार नियन्त्रणकालागि लागु भएको पाँच बर्षे रणनीतिक योजनामा मुख्यमन्त्री कार्यालयमा उच्च स्तरीय अनुगमन संयन्त्र बनाउने प्रावधान समेटेको छ। भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मन्चका सदस्य ओमभक्त पण्डितले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थाल्ने अभियानहरु प्रभावकारी बनाउन जरुरी रहेको, नागरिकतहबाट प्राप्त गुनासाहरुको सम्वोधन छिटोछरितो हुनुपर्ने बताए। 

प्रतिनिधि मण्डलले प्यूठान जिल्लामा दुई वटा चिस्यान केन्द्र बनेको तर, प्रयोगमा आउन नसकेको बारेमा मुख्यमन्त्री आचार्यलाई जानकारी गराएको छ। मुख्यमन्त्री आचार्यले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र सचिव संग यस बारेमा आफुले जानकारी लिने र प्रयोगका लागि उपयुक्त विकल्पहरु छानिने प्रतिबद्धता जनाए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...