दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरीलाई महानिरीक्षक कुँवरको निर्देशन


काठमाडौँ

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

शनिबार नुवाकोट जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण भएका मन्दिर र नागरिक सहायता कक्षको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै लैजानुपर्ने बताए ।

उनले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर र सुदृढ रहेमात्र समाजमा अपराधहरूलाई निर्मूल पार्न सकिने बताए । सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको भन्दै उनले पछिल्लो समय प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा देखिएका बताए ।

उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...