दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरीलाई महानिरीक्षक कुँवरको निर्देशन


काठमाडौँ

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

शनिबार नुवाकोट जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण भएका मन्दिर र नागरिक सहायता कक्षको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै लैजानुपर्ने बताए ।

उनले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर र सुदृढ रहेमात्र समाजमा अपराधहरूलाई निर्मूल पार्न सकिने बताए । सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको भन्दै उनले पछिल्लो समय प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा देखिएका बताए ।

उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...