बुटवल रूपन्देहीको तीज विशेष
बुटवल
सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष
हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा "योग गरौं स्वस्थ बनाैं"भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात...








