जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली


नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्। उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगिएको भन्दै ती मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताए।उनले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था नै रहेको बताए। 

‘केही नयाँ मुद्दाहरू आएका छन्। जुन मुद्दाको अगुवाइ वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु परिवर्तनबाट हामी जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालिसकेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ। किनभने जलवायु संकटको एकमात्र कारक भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था हो। यसबाट श्रमिकहरू झनझन संकटमा पर्न थालेका छन्। जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएको छ,’ उनले भने।

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को जनक्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए। २० प्रतिशत गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने खाँचो औंल्याए। उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए।

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...