जलवायु परिवर्तनको मुद्दाको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ: प्रदीप ज्ञवाली


नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन्। उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगिएको भन्दै ती मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताए।उनले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था नै रहेको बताए। 

‘केही नयाँ मुद्दाहरू आएका छन्। जुन मुद्दाको अगुवाइ वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु परिवर्तनबाट हामी जलवायु संकटको तहमा पुगेका छौं। त्यसले ढोका ढक्ढक्याउन थालिसकेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ। किनभने जलवायु संकटको एकमात्र कारक भनेका दोहन र नाफाबाहेक अरू केही नसोच्ने पुँजीवादी व्यवस्था हो। यसबाट श्रमिकहरू झनझन संकटमा पर्न थालेका छन्। जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएको छ,’ उनले भने।

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को जनक्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए। २० प्रतिशत गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने खाँचो औंल्याए। उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...