गण्डकीमा तमासा : मनाङेको नसुध्रिएको मतिमा दलहरू निरीह, मन्त्रिपरिषद् अधुरै


लामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको ठ्याक्कै दुई महिनापछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय त गरे तर न पूर्णता पायो न सरकारमा गएको एमालेभित्र खुसीको सञ्चार छाउन सक्यो ।

एमालेलाई रोज्जा चार मन्त्रालय दिएर मन्त्रिपरिषदलाई पूर्णता दिएको बताएका मुख्यमन्त्री पाण्डेलाई आफैं च्यापेर मन्त्री बनाएर राजीव गुरुङ (दीपक मनाङे) नै भारी बन्न पुगे । २ पटकसम्म अदालतको चक्कर काटेर सर्वोच्चकै आदेशअनुसार मुख्यमन्त्री भएका पाण्डेलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र मनाङेलाईसमेत मन्त्रालयको भागबण्डा लगाएर एमालेका मन्त्रीलाई सपथ खुवाए । तर, एमाले मन्त्रीको सपथ सकिँदा नसकिँदै असन्तुष्टि जनाउँदै मनाङेले आफूले पाएको वन तथा वातावरण मन्त्रालय नसम्हाल्ने भन्दै भौतिक पूर्वाधार मन्त्रीबाट राजीनामा दिएको पत्र सार्वजनिक गरे ।

एमालेको असहमतिका बाबजुद आफ्नै जोडबलमा वन मन्त्रालय सुम्पिएका मुख्यमन्त्रीलाई नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रमबाट फर्केर कार्यालय आइपुग्दा मनाङेको राजीनामा आइसकेको थियो ।

‘बजेट नभएको’ वन मन्त्रालय कांग्रेस र एमालेलाई बिक्री गर्न करोडमा डिल गरिरहेको बताउँदै मनाङेले मन्त्री पदमाथि मात्रै होइन, प्रदेश र उनलाई मन्त्री बनाउने मुख्यमन्त्री पाण्डेलाईसमेत मजाक बनाइदिए । तितेपातीको झ्याङ हेर्नका लागि झण्डा हल्लाएर नहिँड्ने अभिव्यक्ति दिँदै उनले मन्त्रालय र प्रदेश सरकारलाई नै हाँसोको विषय बनाइदिए ।सत्ताको लागि अंक गणितको खेल हुँदा जतिसुकै अराजक गतिविधि र अभिव्यक्ति दिए पनि मनाङे पटक-पटक मन्त्री भए । कहिले मुख्यमन्त्री त कहिले विपक्षी नेताप्रति मनपरी बोले भने कहिले कर्मचारी र पत्रकारहरुमाथि जाइलागे ।

मन्त्रालयको कार्यकक्षमा गञ्जी लगाएर बस्ने गरे पनि मुख्यमन्त्री पाण्डेले दुःखमा साथ दिएको भन्दै तिनै मनाङेलाई च्यापिरहँदा प्रदेश सरकार नै बद्नाम हुने अवस्था सिर्जना भयो । भविष्यमा फेरि सत्ता समीकरण तलमाथि हुँदा मनाङे चाहिने भन्दै च्याप्दा मुख्यमन्त्री आफैं अपमानित हुन पुगे ।उनको अराजक अभिव्यक्तिको तरंग मंगलबार संघीय संसदसम्म पुग्यो । संघीय संसदमा सोमबार सत्ता साझेदार कांग्रेसकै सांसद रामहरि खतिवडाले मनाङेलाई मन्त्रालय बिक्री गर्ने भनेर दिएको अभिव्यक्तिको सत्यतथ्य जानकारी गराउन माग राखे ।

संघीयताको विपक्षमा उभिँदै आएको राप्रपा सांसद रोशन कार्कीले मन्त्रिपरिषदकै अपमान भएको भन्दै प्रदेशलाई सेतो हात्तीकै रुपमा व्याख्या गरिन् ।

छुटाउनुभयो कि ?

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौंफ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको ...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थाला...
मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

मौसम बदलीको संकेत: मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुन सक्ने

बुटवलजल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम ...
बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...