आज सार्वजनिक बिदा भन्दै फेक सूचना फेसबुकमा राख्ने एक जना प्रहरी नियन्त्रणमा


 आज सार्वजनिक बिदा भन्दै फेसबुकमा गृह मन्त्रालयको फेक सूचना राखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
उनी माथी गृह मन्‍त्रालयको पुरानो सूचनालाई भदौ १९ गते (बुधबार) को सूचना बनाएर सार्वजनिक गरेको आरोप प्रहरीको छ।  

फेक सुचना बनाएर अफवाह फैलाउनेलाई कार्वाही गर्न गृह मन्त्रालयले साइबर ब्युरोलाई पत्राचार गरेसँगै उनी चितवनबाट पक्राउ परेका हुन्।साईवर ब्युरोले जिल्ला प्रहरी कार्यालय चितवनलाई सम्पर्क गरि उनका बारे सोधखोज गर्न निर्देशन दिएपछि चितवन प्रहरीले ती व्यक्तिलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ।

उनले नै उक्त सूचना बनाएर प्रकाशन गरिएको हो वा होइन भन्नेबारे साइबर ब्युरोसँग समन्वय गरी पुष्टि गर्न खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पुष्टि हुने प्रमाण फेला परे उनलाई सार्वजनिक गर्ने चितवन प्रहरीले जनाएको छ।

‘साइबर ब्युरोले ती युवकलाई होल्ड गर्नु भनेपछि हामीले ल्याएका छौं। उनी नै हो वा अरू कोही हो भनेर हामीले ब्युरोसँग भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘पुष्टि भएसँगै हामी सार्वजनिक गर्छौं।’केसीले भने। 

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...