लुम्बिनी प्रदेशभर हरितालिका तीजको दिन सार्वजनिक विदा


बुटवल, लुम्बिनी प्रदेश सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। महिलाहरुको पर्व हरितालिका (तीज) ब्रतको अवसरमा प्रदेश सरकारले लुम्बिनी प्रदेशभर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले बुधवार सूचना प्रकाशित गर्दै हरितालिका तीजको अवसरमा शुक्रवार सार्वजनिक विदा दिईएको जानकारी दिएका हुन्।

यसअघि २०८० चैत २० गते लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्ली चौधरी नेतृत्वको मन्त्रीपरिषद् बैठकले हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोहि निर्णय अनुसार बुधवार सूचना जारी गरिएको पन्थीले बताए।

छुटाउनुभयो कि ?

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...