बुटवल रूपन्देहीको तीज विशेष


बुटवल

सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष

हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा “योग गरौं स्वस्थ बनाैं”भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात्र जनचाहना पुरा हुने बताए।

संस्थाका अध्यक्ष अनन्तमान थैवले दैनिक योग अभ्यास व्यायाम गराउँदै आएको र तीज पर्वको अवसरमा स्वास्थ्य ,कला संस्कृति र मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायक महानिरीक्षक कुबेर कडायत, प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रमुख प्रहरी नायक उपरीक्षक विजयराज पण्डित ,सिद्धेश्वरी माविका अध्यक्ष सागर न्यौपाने ,जनप्रतिनिधि ,संघ- संस्थाका प्रतिनिधि ,महिला र पुरुषको उल्लेख्य सहभागिता रहेको थियो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति सँगै खुल्ला नाचगान रहेको बहुआयामिक कार्यक्रममा थप मनोरञ्जन दिँदै कार्यक्रमको सञ्चालन भजन चुट्टका समूहका केन्द्रीय अध्यक्ष नारायण खनाल (लेकाली)ले गरेका थिए।

G25 क्लबद्वारा देवीनगर बुटवलमा देखिएको तीज विशेष

बुटवल बहुमुखी क्याम्पसमा देखिएको तीज विशेष

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...