बुटवल रूपन्देहीको तीज विशेष


बुटवल

सुनौलो बिहानी फुर्तिलो समूह बुटवलको तीज विशेष

हरितालिका तीजको अवसरमा सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले बुटवल वाड न .७ सिद्धेश्वरी प्राङ्गणमा “योग गरौं स्वस्थ बनाैं”भन्ने नाराका साथ दैनिक रुपमा योग व्यायाम कार्यक्रम गर्दै आएको छ। उक्त संस्थाले तीजको अवसरमा मौलिक ,सांस्कृतिक, मनोरञ्जन र नाचगानबाट शरीर फुर्तिलो स्वस्थ बनाउने उद्देश्यका साथ हरितालिका तीजको दिन कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै बुटवल उप-महानगरका नगरप्रमुख खेलराज पाण्डेले हिजोका दिन बुटवलमा पानीका लागि इनारबाट पानी निकालेर खाएको स्मरण गर्दै युग र जनताको मागअनुसार विकास भइरहेकोले ती र साेहि प्रकारका दु:खका कुराहरु गर्नु नपर्ने अवस्थामा पुगेको बताए। तीजको शुभकामना दिँदै उनले आफू जस्ता जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेमा मात्र जनचाहना पुरा हुने बताए।

संस्थाका अध्यक्ष अनन्तमान थैवले दैनिक योग अभ्यास व्यायाम गराउँदै आएको र तीज पर्वको अवसरमा स्वास्थ्य ,कला संस्कृति र मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायक महानिरीक्षक कुबेर कडायत, प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रमुख प्रहरी नायक उपरीक्षक विजयराज पण्डित ,सिद्धेश्वरी माविका अध्यक्ष सागर न्यौपाने ,जनप्रतिनिधि ,संघ- संस्थाका प्रतिनिधि ,महिला र पुरुषको उल्लेख्य सहभागिता रहेको थियो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति सँगै खुल्ला नाचगान रहेको बहुआयामिक कार्यक्रममा थप मनोरञ्जन दिँदै कार्यक्रमको सञ्चालन भजन चुट्टका समूहका केन्द्रीय अध्यक्ष नारायण खनाल (लेकाली)ले गरेका थिए।

G25 क्लबद्वारा देवीनगर बुटवलमा देखिएको तीज विशेष

बुटवल बहुमुखी क्याम्पसमा देखिएको तीज विशेष

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...