
हरितालिका तिजको अवसरमा भाडगाउ गुल्मी रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम आज एक समारोहका बिच आज सम्पन्न भएको छ।
समाजले रुपन्देहीमा बसोबास गर्ने दिदिबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तिजमिलन तथा दर खुवाउने कार्यक्रम गरेको हो।
समाजका अध्यक्ष अनन्त पन्थीको ले आफ्नो मौलिक कला संस्कृति जगेर्नाको लागि तिज तिज मिलन गरिएको बताउनु भयो।
उहाँलेसाथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरतासंगै अन्य सामाजिक कार्यक्रम पनि गर्ने बताउनु भयो।
कार्यक्रममा करिव १५० जनाको सहभागिता रहेको समाजका सचीव कृष्ण पन्थीले जानकारी दिनुभयो।
तिलोत्तमा न.पा.कार्यपालिका सदस्य साबित्रा आचार्यको प्रमुख आतिथ्यता , समाजका अध्यक्ष अनन्त पन्थीको अध्यक्षता रहेको कार्यक्रम को संचालन सस्थाका सचीव कृष्ण पन्थीले गर्नु भएको थियो!