पत्रपत्रिका

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँभारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।निट प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा आफूलाई जिम्मेवार ठहर गर्दै आन्दोलनकारीहरूले उनको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तर-मन्तरमा लगातार ३६ दिनदेखि धर्ना र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आफूहरू पछि नहट्ने अडान लिएका थिए । अन्ततः उनले शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । यद्यपि, उनको राजीनामाबारे भारत सरकारको औपचारिक प्रतिक्रिया तथा थप विवरण सार्वजनिक हुन बाँकी छ । ...
बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौंबङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो । ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि औपचारिक (सेरेमोनियल) राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरताको सामना गर्नुपरेको थियो ।राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनले आफूलाई ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको बताएका छन् । उनले स्वास्थ्य परीक्षणपछि उक्त रोग लागेको पत्ता लागेको र त्यसका कारण कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने उल्लेख गरेका छन् । शाहावुद्दिनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वद...
सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ ।रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।रास्वपाले योग्य...
सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ...
त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सन्जेललगायत रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ । त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार स्थापना दिवस कार्यक्रममा प्रवेश गर्न खोज्दा प्रहरीले विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो । जोशीले भने, “विश्वविद्यालयले कार्यक्रममा प्रवेश गर्न दिएन । विश्वविद्यालयलाई न्यून बजेट उपलब्ध गराइएको भन्दै हामीले विरोध गरेका थियौँ । सहकुलपति समेत रहेका शिक्षा मन्त्री...
पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

पुनर्जागरणबाट पुष्पलाललाई न्याय मिल्ने र भावी कार्यदिशा तय गर्नु पर्नेमा कम्युनिस्टहरुको जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसमा वोल्ने वक्ताहरुले पुष्पलालको त्याग,समर्पण र उच्च नैतिकताको अनुसरण गर्न नसकेकोले कम्युनिस्ट पार्टीहरूमा विचलन आएको वताएका छन्।विहिबार बुटवलमा सम्पन्न पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशामा बहस कार्यक्रममा वोल्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल विभाजन नभई एकताका शुत्राधार रहेको र अहिलेका कम्युनिस्टहरुको यसमा कमजोरी रहेको र एमाले लगायतका नेपालका कम्युनिस्ट पार्टीहरुले गहिरो आत्म समिक्षा गर्नुपर्ने औल्याएका छन्। विहिबार देशका विभिन्न भागमा पुष्पलालको स्मृति गरिएको र रुपन्देहीमा रहेका पुष्पलालका प्रतिमामा माल्यार्पण गरि सुभारम्भ गर्दै पुष्पलाल जस्ता योगदान दिएका व्यक्तिहरूका प्रतिमाहरू आन्दोलनमा आक्रमण गरिएको भग्नावशेष वनाउनु अत्यन्त पिडादायी रहेको र यो क्षम्...
पुष्पलाल र उनको योगदान

पुष्पलाल र उनको योगदान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज
बुटवलपुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव थिए । उनकै पहलकदमी र नेतृत्वमा २००६ साल वैशाख १० गते अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता लेनिनको जन्म दिवसको अवसर पारेर भारतको कलकत्ताको श्यामबजारमा एक जना बङ्गालीको घरमा बसेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पाँच जना युवा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर निर्माण गरेका थिए । पुष्पलाललाई महामन्त्रीमा निर्वाचित गरिएको थियो । त्यतिबेला देशभित्र जहानियाँ राणाको भीषण दमन चलिरहेको थियो । नेपालमै बसेर राणा शासन विरोधी राजनीति गर्न सक्ने वातावरण थिएन । त्यसैले भारतमा पुगेर नेकपा ...
यि हुन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यि हुन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंबुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएकाे छ । मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तो छन् बैठका मुख्य निर्णयहरुः१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने । २. श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारीलाई तोक्ने । ३. गुठी संस्थानको प्रशासक पदमा श्री शैलेशराज कुँवरलाई नियुक्त गर्ने । ४. २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमि...
ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंबनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थायी बसोबासको सुनिश्चितता नगरी अर्को होल्डिङ सेन्टरमा सार्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पहिले बस्ने ठाउँ वा जग्गाको टुंगो लगाइदिनुस्, त्यसपछि मात्रै होल्डिङ सेन्टर छोड्छौँ भन्ने अडान राखेका छन् । होल्डिङ सेन्टरमा बसिरहेकी कुन्तिमाया पुलामीले पटक–पटक ठाउँ सारिए पनि स्थायी समाधान भने नदिइएको बताइन् । उनका अनुसार राहत वितरण बन्द भएपछि ५ दिनसम्म उनीहरू भोकै बसेका थिए । त्यसपछि केही सहयोगीले खाद्यान्न उपलब्ध गराए पनि सरकारी निकायबाट आवश्यक चासो नदिइएको उनको गुनासो छ । उनले केही दिनअघि सरकारी टोली आएर आफूहरू पहिले नै होल्डिङ सेन्टर छाडिसकेको जानकारी प्राप्त भएको सुनाएको बारेमा वास्तविक अवस्था सम्बन्धित निकायसम्मसमेत नपुगेको आरोप लगाइन् । 'हामी य...
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंभूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व...