विविध

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन ।नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसै गरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए । ...
बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपालसंगै रुपन्देहीको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको र यसलाई प्रवर्द्धन गर्न आवस्यक रहेको र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने सरोकारवालाले वताएका छन्। मंगलबार मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र नेपाल पत्रकार महासंघ रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न १दिने पर्यटन सम्वन्धि पत्रकारको क्षमता विकास कार्यक्रममा वोल्दै संरक्षण समितिका अध्यक्ष माधव नेपालले रुपन्देही नेपालकै पर्यटनमा अव्वल रहेकोले यसको प्रवर्द्धनमा महत्व दिन आवस्यक रहेको धारणा राखेका छन्।नेपालले रुपन्देहीको लुम्बिनी, बुटवलको मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, पाल्पाको नुवाकोट गढी, बसन्तपुर, सिद्धबाबा धाम, तिलोत्तमाको वनबाटीकालगायत धैरै महत्वपूर्ण सम्पदा र स्थानहरु रहेकोले यसको महत्व उल्लेखनीय रहेको वताएका हुन्।उनले भौतिक पूर्वाधार, सडक सञ्जाल, होटल, पार्क ,बुटवल पाल्पा जोड्ने दुई केवलका...
लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

लुम्बिनीमा पहिलोपटक उद्योग संघको आयोजनामा सीप च्याम्पियनसिप सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ।प्रदेशभका १२ जिल्लाका करिब १ हजारभन्दा बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मन्चमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको हो । रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए । दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मान...
दैलेखमा रहेको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेखमा रहेको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंदैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । तर, दोस्रो चरणको मुख्य काम अगाडि बढ्न नसक्दा यो महत्त्वपूर्ण परियोजना अहिले अन्योलमा परेको छ । प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौँसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको हो ।यसैबीच, दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ । बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकिन गरी उत्खनन कार्यलाई द्रुतगतिमा अघि बढाउन सरकारसँग माग गर्ने निर्णय पारित गरेको छ ।चीन सरकारको करिब रु दुई अर्ब १७ करोड अनुदान सहयोगमा ‘चाइना जिओलोजिकल सर्भे’ले सन् २०१...
प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटबल ४ , रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ सुख्खानगरस्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय मा स्थानीय स्काउट कार्यालय बुटवलको आयोजनामा प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तीन दिन दुई रातको क्याम्पमा बुटवलका ६ वटा सामुदायिक तथा ४ वटा संस्थागत विद्यालयका गरी ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो।नयाँ स्काउट सदस्य प्रवेश गराउने तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ले प्रमाणपत्र, अक्स्फोर्ड माध्यमिक विद्यालय ले खाना प्रतियोगिताका लागि सहयोग तथा न्यू होराइजन आवासीय माध्यमिक विद्यालय ले सांस्कृतिक नृत्य प्रतियोगिताका पुरस्कार सौजन्य गरेको थियो।क्याम्पको पहिलो दिन सहभागी विद्यार्थीहरूलाई मङ्की ब्रिज, टनेल क्रसिङ, ओमेगा जम्प,...
नीति तथा कार्यक्रममा पर्यटन अन्तर्गत के के विषय समेटिए ?

नीति तथा कार्यक्रममा पर्यटन अन्तर्गत के के विषय समेटिए ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलराष्ट्रपति रामचन्द्र पौडेलद्वार संघिय संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८३ ८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न योजना समेटिएका छन्। पर्यटन भिसा सेवालाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आबद्ध गरिने सरकारको नीति कार्यक्रममा उल्लेख छ। अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमती र सेवाहरुलाई एकिकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गर्ने घोषणा पनि गरिएको छ। भिजिट नेपाल २०८५ को तयारी थाल्ने र त्यसको लागि आगामी आर्थिक वर्ष पर्यटक आगमन, प्रति पर्यटन खर्च बृद्धि र बसाइ अवधि बढाउने गरि अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिने कुरा नीति तथा कार्यक्रम मार्फत राष्ट्रपति पौडेलले बताए। अध्यात्मीक तिर्थ कुटनैतिक मार्फत लुम्बिनी, पशुपति नाथ, मुक्तीनाथ र जनकपुर धाम क्षेत्रको प्रवद्र्धन गरिने नीति कार्यक्रममा उल्लेख छ। पाँच हजार नयाँ होमस्टेलाई नेपाल होम स्टे ब्राण्डिङ सहित ब...
वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।​स्वास्थ्यमन्त्रीद्वारा अभियानको शुभारम्भयस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३ समावेश छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थ...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ — आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । हिमाली, पहाडी र तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले  प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ । ...
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ — गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ । दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो । अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ । प्रचलित कानुनबमोजिम नि...
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - आज मे १ तारिख, १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् ।  सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।  २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज सरकारले सार्वजनिक बिदा दिएको छ । ...