प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न, ७२ विद्यार्थी सहभागी


बुटबल ४ , रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ सुख्खानगरस्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय मा स्थानीय स्काउट कार्यालय बुटवलको आयोजनामा प्रथम बुटवल स्काउट क्याम्प सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तीन दिन दुई रातको क्याम्पमा बुटवलका ६ वटा सामुदायिक तथा ४ वटा संस्थागत विद्यालयका गरी ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो।
नयाँ स्काउट सदस्य प्रवेश गराउने तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ले प्रमाणपत्र, अक्स्फोर्ड माध्यमिक विद्यालय ले खाना प्रतियोगिताका लागि सहयोग तथा न्यू होराइजन आवासीय माध्यमिक विद्यालय ले सांस्कृतिक नृत्य प्रतियोगिताका पुरस्कार सौजन्य गरेको थियो।
क्याम्पको पहिलो दिन सहभागी विद्यार्थीहरूलाई मङ्की ब्रिज, टनेल क्रसिङ, ओमेगा जम्प, टायर क्रसिङजस्ता साहसिक खेलमा सहभागी गराइएको थियो। सोही दिन साँझ सांस्कृतिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो।

दोस्रो दिन बीपी कसरत, मार्चपास तथा खाना प्रतियोगिता आयोजना गरिएको थियो। साँझ बुटवल उपमहानगरपालिका उपाध्यक्ष सावित्रा अर्याल को प्रमुख आतिथ्यतामा क्याम्प फायर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश आयुक्त दीनानाथ भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता स्थानीय प्रमुख आयुक्त पुनाराम पाण्डेले गर्नुभएको थियो भने सञ्चालन स्थानीय स्काउट परिषद् सदस्य नारायण अर्यालले गर्नुभएको थियो। क्याम्प कमाण्डरको जिम्मेवारी विशाल पाण्डेले सम्हाल्नुभएको थियो। कार्यक्रममा विशिष्ट तथा प्रमुख अतिथिहरूले शुभकामना मन्तव्य राख्नुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।


तेस्रो तथा अन्तिम दिन विभिन्न साहसिक अभ्यास र धार्मिक सभासहित विविध कार्यक्रम आयोजना गरिएको थियो। समापन समारोह लुम्बिनी प्रदेश प्रमुख शैक्षिक पद्धति आयुक्त तथा राष्ट्रिय तालिम दलका सदस्य खुमकान्त अधिकारी को विशिष्ट आतिथ्यता तथा स्थानीय प्रमुख आयुक्त पुनाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई कदरपत्र प्रदान गरिएको थियो। प्रमुख प्रशिक्षक तथा विशिष्ट अतिथिले कार्यक्रमबारे आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन विजया पाण्डेले गर्नुभएको थियो।

सहभागी विद्यार्थीहरूले क्याम्प अत्यन्त फलदायी र सिकाइमूलक भएको प्रतिक्रिया दिएका छन्। प्रमुख प्रशिक्षक अमृत बि.क., प्रथम कमाण्डर विशाल पाण्डे, द्वितीय कमाण्डर धना शर्मा तथा अन्य ६ जना गरी ९ सदस्यीय टोलीको सहजीकरणमा क्याम्प सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...