नीति तथा कार्यक्रममा पर्यटन अन्तर्गत के के विषय समेटिए ?


बुटवल
राष्ट्रपति रामचन्द्र पौडेलद्वार संघिय संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८३ ८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न योजना समेटिएका छन्। पर्यटन भिसा सेवालाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आबद्ध गरिने सरकारको नीति कार्यक्रममा उल्लेख छ। अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमती र सेवाहरुलाई एकिकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गर्ने घोषणा पनि गरिएको छ।

भिजिट नेपाल २०८५ को तयारी थाल्ने र त्यसको लागि आगामी आर्थिक वर्ष पर्यटक आगमन, प्रति पर्यटन खर्च बृद्धि र बसाइ अवधि बढाउने गरि अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिने कुरा नीति तथा कार्यक्रम मार्फत राष्ट्रपति पौडेलले बताए। अध्यात्मीक तिर्थ कुटनैतिक मार्फत लुम्बिनी, पशुपति नाथ, मुक्तीनाथ र जनकपुर धाम क्षेत्रको प्रवद्र्धन गरिने नीति कार्यक्रममा उल्लेख छ।

पाँच हजार नयाँ होमस्टेलाई नेपाल होम स्टे ब्राण्डिङ सहित बुकिङ प्लेटफमसँग आबद्ध गरिने, प्रकृति, संस्कृती र समुदायमा आधारित नयाँ पर्यटन इकोसिष्टमको विकास गरिने, पर्यटन बोर्डलाई सार्वजनि निजी साझेदारी मोडलमा पुनसंरचना गरि नवप्रवर्तनशिल बनाइने संघिय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख छ।

छुटाउनुभयो कि ?

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपम...
चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

चीनद्वारा दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौंचीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्य...
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...